काठमाडौं । इन्डोनेसियाका राष्ट्रपति प्रबोवो सुबिआन्तोले अवैध टिन खानी बन्द गर्न निर्देशन दिएका छन् । सोमबार देशको प्रमुख टिन उत्पादन गर्ने क्षेत्र सुमात्रा टापुको बङ्गका बेलितुङ प्रान्तमा करिब १ हजार अवैध टिन खानी बन्द गर्न आदेश दिएका हुन् ।
राष्ट्रपति प्रबोवोको यो कदमले २०२६ सम्ममा ४५ ट्रिलियन (लगभग २.८ बिलियन अमेरिकी डलर) सम्मको राज्यको घाटा रोक्ने अनुमान गरिएको छ ।
‘बङ्गका बेलितुङबाट हुने टिन उत्पादनको करिब ८० प्रतिशत साना डुङ्गादेखि यात्रु डुङ्गासम्म विभिन्न च्यानल मार्फत विदेशमा तस्करी भइरहेको छ,’ राष्ट्रपति प्रबोवोले भने ।
सबै तस्करी मार्गहरू हाललाई बन्द गरिएको बताउदै तस्करीको लागी कुनै बाटो नरहेको र डुङ्गाबाट तस्करी गर्न नसक्ने व्यवस्था मिलाएको उनको भनाइ छ ।
अवैध उत्खननलाई रोक्न र राज्यको राजस्वलाई सुदृढ पार्ने आफ्नो प्रशासनको दृढतालाई उल्लेख गदै प्रबोवोले खनिजहरू पहिचान गर्न मद्दत गर्न रसायन शास्त्री भर्ती गर्न भन्सार महानिर्देशनालयलाई निर्देशन दिए ।