यी हुन् विश्वका दोस्रो धनी व्यक्ति, जसले गरेका छन् ९५ प्रतिशत सम्पत्ति दान गर्ने वाचा

परम्परागत गैर–नाफामुखी संस्थाहरूसँग दूरी

काठमाडौं । अमेरिकी प्रख्यात टेक कम्पनी ओरेकलका संस्थापक ल्यारी एलिसन विश्वका दोस्रो सबैभन्दा धनी व्यक्ति बनेका छन् । ब्लूमबर्ग बिलियनेयर्स इन्डेक्सका अनुसार उनको नेटवर्थ ३६८ अर्ब डलर पुगेको छ । 

कृत्रिम बौद्धिकता (एआई)को लोकप्रियता बढ्दै जाँदा ओरेकलको सेयरमा ठूलो वृद्धि आएको छ । यसै कारण यो वर्ष मात्रै एलिसनको नेटवर्थ १७६ अर्ब डलरले बढेको हो । 

उनीभन्दा अगाडि केवल टेस्लाका प्रमुख कार्यकारी अधिकृत (सीईओ) एलन मस्क (४५८ अर्ब) मात्र छन् । तर धेरैलाई थाहा छैन कि एलिसनले २०१० मा ‘गिभिङ प्लेज’ अन्तर्गत आफ्नो ९५ प्रतिशत सम्पत्ति दान गर्ने वाचा गरेका थिए । त्यसपछि उनले परम्परागत गैर–नाफामुखी संस्थाहरूसँग दूरी बनाएका छन् । उनी आफू आफ्नै सर्तमा र आफ्नै तरिकाले सम्पत्ति दान गर्न चाहन्छन् ।

एक रिपोर्टका अनुसार एलिसनले आफ्नो सम्पत्ति कसरी दान गर्ने योजना बनाइरहेका छन् । उनको नेट वर्थको ठूलो हिस्सा ओरेकलमा उनको ४१ प्रतिशत हिस्सेदारीबाट आएको हो । यसबाहेक उनले टेस्लामा पनि ठूलो लगानी गरेका छन् । एलिसनका अधिकांश परोपकारी कार्यहरू एलिसन इन्स्टिच्युट अफ टेक्नोलोजी (ईआईटी) मार्फत गरिन्छ ।

यो अक्सफोर्ड विश्वविद्यालयमा अवस्थित नाफा कमाउने संस्था हो । यस संस्थाले स्वास्थ्य सेवा, खाद्य असुरक्षा, जलवायु परिवर्तन र एआई अनुसन्धान जस्ता विश्वव्यापी चुनौतीहरूमा ध्यान केन्द्रित गर्छ । ईआईटीका लागि अक्सफोर्डमा नयाँ क्याम्पस २०२७ सम्म खोलिनेछ जसको अनुमानित लागत करिब १.३ अर्ब डलर हुनेछ ।

गत केही वर्षमा एलिसनले धेरै ठूलो परोपकारी दान गरेका छन् । उनले दक्षिणी क्यालिफोर्निया विश्वविद्यालयलाई क्यान्सर अनुसन्धान केन्द्र स्थापना गर्न २०० मिलियन डलर दिएका थिए । त्यसबाहेक उनले एलिसन मेडिकल फाउन्डेशनलाई करिब १ अर्ब डलर दिएका थिए । यो संस्थाले उमेर बढ्नु र रोग रोकथाममा ध्यान केन्द्रित गथ्र्यो तर अहिले बन्द भइसकेको छ ।

यद्यपि अन्य धनीहरूभन्दा उनीद्वारा प्रत्यक्ष रूपमा गरिएको दान कम देखिन्छ, तर गिभिङ प्लेज र एलिसन इन्स्टिच्युटमार्फतका उनका प्रतिबद्धता अर्बौं डलरका छन् । एलिसनले भनेका छन् कि उनको लगभग सम्पूर्ण सम्पत्ति अन्ततः परोपकारी कार्यका लागि जानेछ, जुन उनी आफ्नै सर्त र समयसीमाअनुसार व्यवस्थापन गर्नेछन् ।

एउटा रिपोर्टअनुसार ईआईटीमा नेतृत्व परिवर्तनका कारण केही समस्या आएका छन् । २०२४ मा एलिसनले वैज्ञानिक जोन बेललाई अनुसन्धानको नेतृत्वका लागि नियुक्त गरेका थिए । अगस्टमा उनले भनेका थिए कि मिशिगन विश्वविद्यालयका पूर्वअध्यक्ष सान्ता ओनो यस मामलामा बेलसँग ‘सहयोग’ गर्नेछन् । तर दुई सातापछि बेलले यो धेरै चुनौतीपूर्ण परियोजना’ भएको भन्दै राजीनामा दिएका थिए ।

जब पोर्शेका धेरै लगानीकर्ताहरूले सेयर बेचिदिए...
 

Share News