बिहीबार १ अर्ब ४८ करोडको सेयर कारोबार, नेप्सेमा सामान्य गिरावट

<p>काठमाडौं । बिहीबार सेयर बजारमा १ अर्ब ४८ करोड रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । उक्त रकम बुधबारको तुलनामा एक अर्ब ६ करोड रुपैयाँ घटी हो । बिहीबार १४० कम्पनीको २७ लाख २३ हजार कित्ता सेयर किनबेच भएको छ । सबैभन्दा बढी सानिमा बैंकको २२ करोड ५५ लाख रुपैयाँ बराबरको सेयर किनबेच भएको छ [&hellip;]</p>

काठमाडौं । बिहीबार सेयर बजारमा १ अर्ब ४८ करोड रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । उक्त रकम बुधबारको तुलनामा एक अर्ब ६ करोड रुपैयाँ घटी हो । बिहीबार १४० कम्पनीको २७ लाख २३ हजार कित्ता सेयर किनबेच भएको छ ।

सबैभन्दा बढी सानिमा बैंकको २२ करोड ५५ लाख रुपैयाँ बराबरको सेयर किनबेच भएको छ । सो दिन बैंकको सेयर मूल्य प्रतिकित्ता ५७४ रुपैयाँ रहेको छ । त्यस्तै, लक्ष्मी बैंकको ११ करोड ९४ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ ।

बजारमा कारोबार रकमसँगै नेप्से परिसूचक पनि सामान्य अंकले ओरालो लागेको छ । परिसूचक शून्य दशमलब ६५ अंकले घटेर १५८७ दशमलब ६४ अंकमा झरेको छ ।

सो दिन बीमा, फाइनान्स, होटल र अन्य समूहको परिसूचक क्रमशः ६९, ८, ५ र २ अंकले उकालो लागेका छन् । त्यस्तै, हाइड्रो, उत्पादमूलक, विकास बैंक र बैंकिङ् समूहको परिसूचक सामान्य अंकले ओरालो लागेका छन् ।

Share News