हाम्रो विकास बैंकले पनि पायो धितोपत्र बोर्डको अनुमति, २०० प्रतिशत हकप्रद निष्कासन गर्ने

<p>काठमाडौं । हाम्रो विकास बैंकले पनि २०० प्रतिशत (१ बराबर २ को अनुपातमा) हकप्रद निष्कासन गर्ने अनुमति पाएको छ । नेपाल धितोपत्र बोर्डले बिहीबार बैंकलाई ३० करोड ५८ लाख ३३ हजार ९०० रुपैयाँ बराबरको हकप्रद निष्कासन गर्न अनुमति दिएको हो । बैंकले १०० अंकित मूल्यको ३० लाख ५८ हजार ३३९ कित्ता हकप्रद जारी गर्न लागेको [&hellip;]</p>

काठमाडौं । हाम्रो विकास बैंकले पनि २०० प्रतिशत (१ बराबर २ को अनुपातमा) हकप्रद निष्कासन गर्ने अनुमति पाएको छ । नेपाल धितोपत्र बोर्डले बिहीबार बैंकलाई ३० करोड ५८ लाख ३३ हजार ९०० रुपैयाँ बराबरको हकप्रद निष्कासन गर्न अनुमति दिएको हो ।

बैंकले १०० अंकित मूल्यको ३० लाख ५८ हजार ३३९ कित्ता हकप्रद जारी गर्न लागेको हो । बैंकले सेयर निष्कासनको काम एनआईबीएल क्यापिटल मार्केटलाई दिएको छ ।

हाल बैंकको चुक्ता पूँजी १५ करोड ७१ लाख रुपैयाँ रहेको छ । सो मात्राको हकप्रद पश्चात कम्पनीको पूँजी करिब १६ करोड रुपैयाँ नाघ्ने छ । बिहीबार बैंकको सेयर प्रतिकित्ता ५२५ रुपैयाँमा कारोबार भइरहेको छ ।

Share News