बीमा कम्पनीहरूमा २२ अर्ब २५ करोड रुपैयाँभन्दा बढी बीमा दाबी, ओरिएन्टलमा मात्रै ५ अर्ब २२ करोड

काठमाडौं । गत भदौ २३ र २४ गते जेनजी आन्दोलनका क्रममा भएको तोडफोड र आगजनीबाट भएको क्षतिमा २२ अर्ब २५ करोड रुपैयाँभन्दा बढी बीमा दाबी परेको छ ।

नेपाल बीमा प्राधिकरणले सार्वजनिक गरेको असोज ५ गतेसम्मको तथ्यांकअनुसार १४ वटा निर्जीवन र ४ वटा लघु निर्जीवन बीमा कम्पनीमा २२ अर्ब २५ करोड ६५ लाख रुपैयाँ बराबरको २ हजार ४७८ वटा परेको परेको हो ।

आन्दोलनको कारण सबैभन्दा बढी दाबी ओरिएन्टल इन्स्योरेन्समा परेको छ । उक्त कम्पनीमा २२ करोड ९८ लाख रुपैयाँको ७३ वटा दाबी परेको छ । दोस्रो धेरै दाबी पर्ने कम्पनीमा सिद्धार्थ प्रिमियर इन्स्योरेन्स रहेको छ । उक्त कम्पनीमा ५ अर्ब ८ करोड २८ लाख रुपैयाँको २७९ वटा दाबी परेको छ । त्यस्तै तेस्रोमा आइजीआई प्रुडेन्सियलमा २ अर्ब ७६ करोड ८४ लाख रुपैयाँ बराबरको १७० वटा दाबीप रेको छ ।  

शिखर इन्स्योरेन्समा २ अर्ब ३९ करोड ३३ लाख रुपैयाँ, सगरमाथा लुम्बिनी इन्स्योरेन्स(सलिको) मा १ अर्ब ५४ करोड ५६ लाख रुपैयाँ, हिमालयन एभरेष्ट इन्स्योरेन्समा १  अर्ब १५ करोड ६२ लाख रुपैयाँको दाबी परेको छ । 
त्यस्तै, नेको इन्स्योरेन्समा १ अर्ब ११ करोड ८३ लाख, सानिमा जिआईसी इन्स्योरेन्समा ८१ करोड ७ लाख रुपैयाँ, युनाइटेड अजोड इन्स्योरेन्समा ५१ करोड ३४ लाख, नेपाल इन्स्योरेन्समा ४७ करोड ९ लाख रुपैयाँ, एनएलजी इन्स्यारेन्समा ४५ करोड ७२ लाख रुपैयाँ, राष्ट्रिय बीमा कम्पनीमा ४० करोड ९९ लाख रुपैयाँ, प्रभु इन्स्योरन्समा २० करोड ३६ लाख रुपैयाँ र नेशनल इन्स्योरेन्समा ६ करोड ८४ लाख रुपैयाँको दाबी परेको छ । 

लघु निर्जीवन बीमा कम्पनीहरूमा प्रोटेक्टिभ माइक्रोमा १ करोड १३ लाख, स्टार माइक्रोमा ७२ लाख, ट्रस्ट माइक्रोमा ४४ लाख रुपैयाँ र नेपाल माइक्रोमा ४१ करोड रुपैयाँको बीमा दाबी परेको प्राधिकरणले जनाएको छ ।

Share News