काठमाडौं । सानिमा बैंकले लाभांश घोषणा गरेको छ । बैंक सञ्चालक समितिको असोज ३ गते बसेको बैठकले ७.३६८५ प्रतिशत लाभांश प्रस्ताव गरेको हो ।
बैंकले गत आर्थिक वर्ष २०८१/८२ को नाफाबाट हाल कायम चुक्ता पुँजी १३ अर्ब ५८ करोड १५ लाख २५ हजार रुपैयाँको करसहित ७.३६ प्रतिशतका दरले १ अर्ब ७ लाख ५४ हजार ७ सय रुपैयाँ नगद लाभांश प्रस्ताव गरेको हो ।
बैंकले प्रस्ताव गरेको लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई आगामी वार्षिक साधारण सभाले पारित गरेपश्चात सेयरधनीहरुलाई वितरण गरिनेछ ।
यसअघि बैंकले आर्थिक वर्ष २०८०/८१ मा ५.२६ प्रतिशत, आर्थिक वर्ष २०७९/८० मा १४.७ प्रतिशत, आर्थिक वर्ष २०७८/७९ मा १०.९८ प्रतिशत, आर्थिक वर्ष २०७७/७८ मा १७.८९ प्रतिशत, आर्थिक वर्ष २०७६/७७ मा १३.६ प्रतिशत, आर्थिक वर्ष २०७५/७६ मा २१.०५ प्रतिशत, आर्थिक वर्ष २०७४/७५ मा १४ प्रतिशत, आर्थिक वर्ष २०७३/७४ मा १६ प्रतिशत लाभांश वितरण गरेको थियो ।
यस्तै, बैंकले आव २०७२/७३ मा १५.७९ प्रतिशत, आव २०७१/७२ मा २१.०५ प्रतिशत, आव २०७०/७१ मा १५ प्रतिशत, आव २०६९/७० मा १०.५३ प्रतिशत, आव २०६८/६९ मा ५.५ प्रतिशत, आव २०६७/६८ मा ६.५ प्रतिशत लाभांश वितरण गरेको थियो ।