गुराँस लाइफ इन्स्योरेन्सले ८ प्रतिशत बोनस दिने, पूँजी ५९ करोड ४० लाख रुपैयाँ नाघ्ने

<p>काठमाडौं । गुराँस लाइफ इन्स्योरेन्सले आफ्ना सेयरधनीहरुलाई ८ प्रतिशत बोनस दिने निर्णय गरेको छ । साथै, कम्पनीले शून्य दशमलब ४२१ प्रतिशत नगद लाभांश दिने निर्णय गरेको छ । उक्त निर्णय कम्पनीको सञ्चालक समितिको बैठकले गरेको हो । बैठकको निर्णयलाई कम्पनीको आगामी साधारणसभाले स्वीकृत गरेपछि सेयरधनीले सो मात्राको लाभांश पाउने छन् । हाल कम्पनीको चुक्ता पूँजी [&hellip;]</p>

काठमाडौं । गुराँस लाइफ इन्स्योरेन्सले आफ्ना सेयरधनीहरुलाई ८ प्रतिशत बोनस दिने निर्णय गरेको छ । साथै, कम्पनीले शून्य दशमलब ४२१ प्रतिशत नगद लाभांश दिने निर्णय गरेको छ ।

उक्त निर्णय कम्पनीको सञ्चालक समितिको बैठकले गरेको हो । बैठकको निर्णयलाई कम्पनीको आगामी साधारणसभाले स्वीकृत गरेपछि सेयरधनीले सो मात्राको लाभांश पाउने छन् ।

हाल कम्पनीको चुक्ता पूँजी ५५ करोड रुपैयाँ रहेको छ । बोनस पश्चात कम्पनीको पूँजी ५९ करोड ४० लाख रुपैयाँ नाघ्ने छ । बिहीबार कम्पनीको सेयर प्रतिकित्ता ८५८ रुपैयाँमा कारोबार भइरहेको छ ।

Share News