चीनको अर्थतन्त्र संकटमाः निर्यात र लगानीमा तीव्र गिरावट

काठमाडौं । चीन संसारको दोस्रो सबैभन्दा ठूलो अर्थतन्त्र हो । यसलाई विगत दुई दशकदेखि ग्लोबल वृद्धि (विश्वव्यापी आर्थिक वृद्धिको) इन्जिनको रूपमा रहेको छ । तर पछिल्ला वर्षहरूमा चीनको अर्थतन्त्र विभिन्न मोर्चामा संघर्ष गरिरहेको छ। 

सरकारले जतिसुकै प्रयास गरे पनि अर्थतन्त्र सही ट्र्याकमा फर्किएको छैन । अमेरिकासँगको व्यापार युद्धले यसको समस्या अझ बढाएको छ । यसको कारण यो हो कि अमेरिका चीनको सबैभन्दा ठूलो निर्यात बजार हो । 

ट्यारिफले गर्दा अगस्ट महिनामा चीनबाट अमेरिकामा भएको निर्यातमा ३३ प्रतिशतले गिरावट आएको छ ।

यसबीच चीनमा स्थायी लगानी (फिक्स्ड इनभेस्टमेन्ट) यस वर्षको पहिलो ८ महिनामा मात्र ०.५ प्रतिशत बढेको छ, जुन महामारीको अवस्थालाई छोडेर इतिहासमा सबैभन्दा कम हो । 

यसैगरी, सम्पत्ति लगानीमा पनि १२.९ प्रतिशत गिरावट आएको छ, जुन पछिल्ला २५ वर्षमा सबैभन्दा बढी हो । चीनको रियल इस्टेट क्षेत्र लामो समयदेखि संकटमा छ । 

सरकारले जतिसुकै प्रयास गरे पनि यो संकट गहिरिँदै गएको छ। रियल इस्टेट क्षेत्र चीनको अर्थतन्त्रमा ठूलो हिस्सा ओगटेको भएकाले यसले पुरै अर्थतन्त्र डुब्ने जोखिम सिर्जना गरेको छ।

साथै, अगस्ट महिनामा चीनमा उद्योग उत्पादन (इन्डस्ट्रियल प्रोडक्सन) ५.२ प्रतिशतले मात्र बढेको छ, जुन अगस्त २०२४ पछि सबैभन्दा कम हो । 

यसैगरी, खुद्रा बिक्री पनि लगातार तेस्रो महिनामा घटेको छ । अगस्टमा यो ३.४ प्रतिशतमा सीमित रह्यो, जुन यस वर्षको सबैभन्दा कम हो । 

त्यस्तै, क्रेडिट वृद्धिमा २०२५ मा पहिलोपटक गिरावट देखिएको छ ।

Share News