काठमाडौं । नेप्से कारोबार फेरि केही समयका लागि स्थगित भएको छ । सेयर कारोबार खुलेको २ मिनेटमा ४ प्रतिशत घट्दा २० मिनेट स्थगित भएको दोस्रो पटक नेगेटिभ सर्किट लागेपछि सेयर कारोबार रोकिएको हो ।
सेयर कारोबार खुलेको २ मिनेटमा ४ प्रतिशत अर्थात् १०७.०४ अंक घटेपछि २० मिनेट स्थगित भएको थियो । २० मिनेटपछि अर्थात् ११ः२३ मिनेटमा पुनः सेयर कारोबार ५ प्रतिशत अर्थात् १३३.६१ अंकले घटेपछि ४० मिनेटका लागि कारोबार स्थगित गरिएको नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले जनाएको छ ।
नेप्से परिसूचक २ हजार ५३८.६३ अंकमा झरेको छ । नेप्सेका अनुसार १९१ कम्पनीको सेयर मूल्यमा गिरावट आएको छ भने ११ कम्पनीको सेयर मूल्य भने बढेको छ ।
हालसम्म २८ करोड ७५ लाख रुपैयाँ बराबरको मात्रै सेयर कारोबार भएको नेप्सेले जनाएको छ ।