सेयर कारोबार हल्ट, २ मिनेटमै १०७.०४ अंक घट्यो

काठमाडौं । सेयर कारोबार हल्ट भएको छ । सेयर कारोबार खुलेको केही समयमै सेयर कारोबार हल्ट भएको हो । जेनजी आन्दोलनपश्चात् पहिलो पटक खुलेको सेयर कारोबार २ मिनेटमा १०७.०४ अंक घटेर केही समयका लागि बन्द भएको हो । 

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक १०७.०४ अंक घटेर २ हजार ५६५.२१ अंकमा रोकिएको छ । सेयर कारोबार खुलेको केही मिनेटमै ४ प्रतिशत भन्दा बढी घटेपछि २० मिनेटको लागि स्थगित भएको नेप्सेले जनाएको छ ।

Share News