काठमाडौं । नेपाल ल्यूब आयलले गत आर्थिक वर्षको मुनाफाबाट २० प्रतिशत बोनस सेयर वितरण गर्ने घोषणा गरेको छ । कम्पनीले उक्त प्रस्ताव पारित गर्न असोज ३१ गते ३४ औँ वार्षिक साधारण सभा आह्वान गरेको छ ।
साधारण सभामा बोनस सेयरको कर प्रयोजनका लागि १.०५२६४ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पनि पेश हुनेछ । साथै, २०० प्रतिशत हकप्रद सेयर निष्कासन गरी प्राप्त रकम उपयोग गर्ने, कम्पनीको प्रबन्धपत्र तथा नियमावली संशोधन गर्नेछ । साथै सर्वसाधारण सेयरधनी तर्फबाट सञ्चालक नियुक्त गर्नेजस्ता एजेन्डा समेत पारित गर्नेछ ।
कम्पनीले साधारण सभा तथा लाभांश वितरण प्रयोजनका लागि असोज १२ गतेदेखि ३१ गतेसम्म बुकक्लोज गर्ने निर्णय गरेको छ ।