काठमाडौं । चिनियाँ कम्पनी ट्रान्सटेकद्वारा निर्मित निसौर स्क्वायर विकास परियोजनाको सोमबार उद्घाटन गरिएको छ । दशकौंको युद्ध र द्वन्द्व, विशेष गरी २००३ को अमेरिकी आक्रमणले इराकको सडक सञ्जाल सहितको पूर्वाधारमा गहिरो दाग छोडेको छ ।
यो परियोजनाले इराकको राजधानीमा लामो समयदेखि रहेको पुरानो भीडभाडलाई कम गर्न बहु–स्तरीय यातायात केन्द्र निर्माण गर्ने लक्ष्य राखेको छ । जुलाई २०२३ मा शुरु गरिएको यस परियोजनामा दुई ओभरपास र पाँच सुरुङहरू छन् । ट्राफिकका लागि खुलिसकेपछि यसले बगदादमा भीडभाडलाई उल्लेखनीय रूपमा कम गरेको छ । ध्वनि प्रदुषण कम गरेको छ ।
ट्रान्सटेकद्वारा निर्मित निसौर स्क्वायर विकास परियोजना पूरा भएको र ट्राफिकको लागि खुला गरिएको छ । परियोजनामा दुई ओभरपास, पाँच सुरुङहरू साथै १६८ किलोमिटर भूमिगत पाइपलाइन र केबलहरूको मर्मतसम्भार समावेश छ ।