लक्ष्मी बैंकको ३ करोड कित्ता हकप्रद सेयर निष्कासन, वैशाख ३ गतेदेखि आवेदन खुला

<p>काठमाडौं । लक्ष्मी बैंक लिमिटेडले ३ करोड १५ लाख ९० हजार ३०३ कित्ता हकप्रद सेयर निष्कासन गरेको छ । एक सय रुपैयाँ अंकित शत् प्रतिशत हकप्रद सेयर निष्कासनका लागि आगामी बैशाख ३ गतेदेखि जेठ ७ गतेसम्म आवदेन दिन पाइने उल्लेख छ । यो बैकले ३ अर्ब १५ करोड ९० लाख ३० हजार ३ सय रुपैयाँको [&hellip;]</p>

काठमाडौं । लक्ष्मी बैंक लिमिटेडले ३ करोड १५ लाख ९० हजार ३०३ कित्ता हकप्रद सेयर निष्कासन गरेको छ । एक सय रुपैयाँ अंकित शत् प्रतिशत हकप्रद सेयर निष्कासनका लागि आगामी बैशाख ३ गतेदेखि जेठ ७ गतेसम्म आवदेन दिन पाइने उल्लेख छ ।

यो बैकले ३ अर्ब १५ करोड ९० लाख ३० हजार ३ सय रुपैयाँको चुक्ता पुँजीमा तीन अर्ब १५ करोड रुपैयाँ बढाउन १ सेयर बराबर एक (१ः१) अनुपातमा अर्थात शत् प्रतिशतका दरले हकप्रद निष्कासन गरेको हो ।

यो बैंकको हकप्रद सेयरका लागि आवेदन दिन यही चैत्र १७ गतेसम्म सेयर खरिद गरेका सेयरधनीले पाउने भएका छन् । यो बैंकको धितोपत्र निष्कासन तथा विक्री प्रवन्धक सिद्धार्थ क्यापिटल लिमिटेड हो ।

यसको हकप्रद सयेरको चाहनेले लक्ष्मी बैंक लिमिटेड र यसका सम्पूर्ण शाखा, लक्ष्मी क्यापिटल मार्केट लिमिटेड र सिद्धार्थ क्यापिटल लिमिटेडमार्फत आवेदन दिन सकिने उल्लेख छ ।  १ सय रुपैयाँमा  अावेदन दिन पाइने याे बै‌ककाे प्रतिसेयर हाल ७७७ रुपैयाँमा काराेबार भइरहेकाे छ ।

Share News