आजदेखि दशैंका लागि सुकिला नोट साट्न पाइने

काठमाडौं । नेपाल राष्ट्र बैंकले आगामी बडादसैंलाई लक्षित गर्दै सुकिला नोट सटहीको व्यवस्था मिलाएको छ । भदौ २९ गतेदेखि असोज १० गतेसम्म सर्वसाधारणले सुकिला बैंक नोट सटही गर्न सक्ने बैंकले जनाएको छ ।

मुद्रा व्यवस्थापन विभागका अनुसार थापाथलीस्थित राष्ट्र बैंकको मुख्य कार्यालयसँगै विराटनगर, जनकपुर, वीरगञ्ज, पोखरा, सिद्धार्थनगर, नेपालगञ्ज र धनगढीका प्रदेशीय कार्यालय तथा 'कु', 'खु' र 'गु' वर्गका इजाजतप्राप्त बैंक तथा वित्तीय संस्थाका शाखा कार्यालयहरूबाट सटही सेवा उपलब्ध हुनेछ ।

राष्ट्र बैंकले संघसंस्था र सर्वसाधारणलाई तोकिएको अवधिभित्रै सुविधा लिन आग्रह गरेको छ ।

Share News