यथाशीघ्र बीमा दाबी फर्छ्याैट गर्न बीमकलाई प्राधिकरणको निर्देशन

काठमाडौं । नेपाल बीमा प्राधिकरणले जेनजी आन्दोलनका क्रममा रहेका क्षतिको यथाशीघ्र बीमा दाबी फर्छ्याैट गर्न बीमा कम्पनीहरूलाई निर्देशन दिएको छ । 

प्राधिकरणले बिहीबार सबै निर्जीवन तथा लघु निर्जीवन बीमकका नाममा एक परिपत्र जारी गर्दै यस्तो निर्देशन दिएको हो । 

प्राधिकरणले जारी गरेको परिपत्रमा भनिएको छ,  ‘देशका विभिन्न स्थानमा भदौ २३ गतेदेखि उत्पन्न भएको असहज परिस्थितिका सिर्जित सार्वजनिक तथा निजी क्षेत्रमा अपुरणीय क्षति पुगेको सर्वविदितै छ । उक्त परिस्थितिका कारण बीमितको धनसम्पत्तिमा हुन गएको क्षति र असहजतालाई मध्यनजर गर्दै सोबाट पर्न सक्ने दाबीलाई यथासम्भव छिटो र सहज ढंगले फर्छ्याैट गर्न निर्देशानुसार अनुरोध गरिन्छ।’

प्राधिकरणले उल्लेखित परिस्थितिका कारणले भएको क्षतिको बीमा दाबी विवरण साप्ताहिक रूपमा (प्रत्येक हप्ता बुधबार) एक्सेल सिटल ढाँचामा गुगल फर्ममार्फत पेस गर्नसमेत निर्देशन दिएको छ । 

Share News