काठमाडौं । बुटवल पावर कम्पनीले ४० लाख ८१ हजार कित्ता थप साधारण सेयर (फरदर पब्लिक इस्यु-एफपिओ) निष्कासन गर्ने प्रक्रिया अघि बढाएको छ । कम्पनीले सो मात्राको एफपीओ जारी गर्ने अनुमति माग्दै नेपाल धितोपत्र बोर्डमा निवेदन दिएको छ ।
कम्पनीले चैत १३ गते धितोपत्र बोर्डमा निवेदन दिएर एनएमबी क्यापिटल र लक्ष्मी क्यापिटल मार्केटस् मार्फत सो मात्राको एफपीओ जारी गर्न अनुमति मागेको हो । कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यको सेयरमा ३७० प्रिमियम मूल्य थपेर प्रतिकित्ता ४७० रुपैयाँमा एफपिओ निष्कासन गर्न लागेको हो ।
हाल कम्पनीको चुक्ता पूँजी एक अर्ब ८१ करोड रुपैयाँ रहको छ । सो मात्राको एफपीओ निष्काशन पश्चात कम्पनीको चुक्ता पूँजी एक अर्ब ८१ करोड ४६ लाख ८० हजार रुपैयाँ पुग्ने छ ।