दशैं-तिहार लक्षित गर्दै ‘टाटा जेन्युइन पार्ट्सको मेला’, बम्पर उपहारमा बजाज पल्सर

काठमाडौं । सिप्रदी अटोपार्ट्स प्रालिले यस वर्षको दशैं, तिहार र छठ पर्वलाई लक्षित गर्दै ‘पर्वको बेला टाटा जेन्युइन पार्ट्सको मेला’ नामक विशेष लक्की ड्र योजना सार्वजनिक गरेको छ । टाटा मोटर्सद्वारा उत्पादित टाटा जेन्युइन पार्ट्स, टाटा अटोमोटिभ फ्लुइड्स र टाटा ड्युराफिट पार्ट्सका नेपालका लागि आधिकारिक वितरक सिप्रदी अटोपार्ट्स हो ।

यस अफरअन्तर्गत ग्राहकले खरिद रकमअनुसार विभिन्न आकर्षक पुरस्कार जित्ने अवसर पाउनेछन् । एक लाख रुपैयाँभन्दा माथि खरिद गर्ने ग्राहकले बम्पर उपहारस्वरूप १५० सिसिको बजाज पल्सर मोटरसाइकल जित्न सक्नेछन् । त्यस्तै, ७५ हजार रुपैयाँभन्दा माथि खरिदमा १२५ सिसिको टिभिएस स्कुटर, २५ हजारभन्दा माथि खरिदमा स्मार्ट टिभी र ५ हजार रुपैयाँभन्दा माथि खरिदमा स्मार्टफोन प्राप्त गर्ने अवसर रहनेछ । साथै, हरेक खरिदमा १ हजार रुपैयाँसम्मका क्यासब्याक कुपन ग्यारेन्टीका साथ उपलब्ध गराइनेछ ।

सक्कली पार्ट्स प्रयोगलाई प्रोत्साहित गर्ने उद्देश्यले ल्याइएको यो अफरमार्फत टाटा जेन्युइन पार्ट्सले गाडीका इन्जिन, ब्रेक, क्लचलगायतका अङ्गलाई दीर्घकालीन स्थायित्व प्रदान गर्ने, मर्मत खर्च घटाउने र समग्र प्रदर्शनमा सुधार ल्याउने कम्पनीले जनाएको छ ।

Share News