नाडाको विशेष साधारण सभा स्थगित

काठमाडौं । नाडा अटोमोवाइल्स एशोसिएशन अफ नेपाल (नाडा)को विशेष साधारण सभा स्थगित भएको छ । अर्काे सूचना जारी नभएसम्मको लागि विशेष साधारण सभा हाललाई स्थगित गरिएको महासचिव सुरेन्द्रकुमार उप्रेतिले जानकारी दिए । 

उनका अनुसार भदौ १९ गते बसेको नाडाको २२औँ केन्द्रीय कार्यसमिति बैठकले भदौ २४ गते ललितपुरमा विशेष साधारण सभा डाकिएको थियो । उपयुक्त समयमा अर्को सूचना पठाई विशेष साधारण सभा बोलाइने उनले बताए ।

Share News