एलएस अटोको फेस्टिभ अफर सार्वजनिक : एलईभी ०१ गाडी खरिद गर्दा ८ लाखसम्म फाइदा

काठमाडौं । एलएस अटोको आधिकारिक नेपाली आयातकर्ता ब्लू कर्पोरेशनले चाडपर्वहरूलाई लक्षित गर्दै 'फेस्टिभ अफर ' ल्याएको छ । अफरमा ग्राहकहरूले न्यूनतम डाउन पेमेन्ट, आकर्षक उपहारहरू र नगदमा भारी छुटको लाभ उठाउन सक्ने कम्पनीले जनाएको छ ।

कम्पनीका महाप्रबन्धक नवीन फुयाँलका अनुसार यस फेस्टिभ अफरमार्फत गाडी खरिद गर्दा ग्राहकले कुल ८ लाख रुपैयाँसम्मको फाइदा लिन सक्नेछन् ।  ‘एलईभी-०१’ गाडी अफरअन्तर्गत केवल २० प्रतिशतको डाउन पेमेन्टमा घर लैजान सकिने फुयाँलले बताए ।

अफरअन्तर्गत गाडी किन्ने ग्राहकका जोडीले निःशुल्क ५ रात ६ दिनको सिंगापुर र मलेसिया भ्रमणको अवसर पाउने कम्पनीले जनाएकाे छ ।

यसैगरी, फेस्टिभ अफरमा १ लाख रुपैयाँको नगद छुट, १ लाख रुपैयाँको एक्सचेन्ज बोनस र निःशुल्क बीमा सुविधा पनि प्रदान गरिएको छ । कम्पनीका अनुसार यो अफरभित्र गाडी किन्दा १० किलो क्षमताको वाशिङ मेसिन पनि निःशुल्क दिइनेछ । 

यो अफर सीमित अवधिका लागि मात्र उपलब्ध रहेको छ । 

Share News