काठमाडौं । एनआईसी एशिया बैंकले सर्वसाधारणको लागि १५ प्रतिशत (अर्थात १०० बराबर १५ को अनुपातमा) हकप्रद सेयरको बिक्री खुला गरेको छ । कम्पनीले चैत १६ गते (बुधबार)देखि एक सय अंकित दरको ८७ लाख २९ हजार ४७५ कित्ता हकप्रद सेयरको बिक्री खुला गरेको हो ।
सो मात्राको हकप्रदको लागि इच्छुक लगानीकर्ताले आगामी २०७४ वैशाख १९ गतेसम्म आवेदन दिन सक्ने कम्पनीले जनाएको छ । लगानीकर्ताले काठमाडौंको सुन्धारमा रहेको सिभिल क्यापिटल मार्केट र बबरमहलमा रहेको एनआईसी एशिया क्यापिटलबाट आवेदन दिन सक्नेछन् । साथै, काठमाडौंमा रहको एनआईसी एशिया बैंक तथा बैंकको सम्पूर्ण शाखा कार्यालयहरुबाट आवेदन गर्न सक्ने सक्ने कम्पनीले जनाएको छ ।
हाल कम्पनीको बिक्री प्रबन्धकमा सिभिल क्यापिटल लिमिटेड रहेको छ । हाल कम्पनीको चुक्ता पूँजी ५ अर्ब ८१ करोड रुपैयाँ रहेको छ । सो मात्राको हकप्रद निष्कासन पछि बैंकको चुक्ता पूँजी ६ अर्ब ६९ करोड रुपैयाँ नाघ्ने छ । पछिल्लो समय कम्पनीको सेयर प्रतिकित्ता ४७७ रुपैयाँमा कारोबार भएको थियो ।