काठमाडौं । हुन्डाई गाडीहरूको एक मात्र आधिकारिक वितरक लक्ष्मी इन्टरकन्टिनेन्टलले हुन्डाई क्रेटाको १०औं वार्षिकोत्सव मनाउँदै छ ।
नेपालमा सार्वजनिक भएदेखि नै क्रेटा आधुनिक डिजाइन, आरामदायी अनुभव, सुरक्षा र विश्वसनीयताका कारण सबैभन्दा रुचाइएको र विश्वासिलो एसयूभी बन्न सफल भएको छ । आफ्नो डिजाइन र उत्कृष्ट प्रदर्शनमार्फत क्रेटाले नेपाली बजारको कम्प्याक्ट एसयूभी सेगमेन्टमा छुट्टै पहिचान बनाएको छ ।
वर्षौंदेखि विभिन्न मोडल तथा अपग्रेड सार्वजनिक हुँदै आएका क्रेटाले हरेक पटक प्रदर्शन र स्टाइलमा नयाँ मापदण्ड स्थापना गरेको छ । क्रेटा ईभीको आगमनसँगै यसले नवीन प्रविधि, दिगोपन र वातावरणमैत्री यात्रालाई एकैसाथ अघि बढाएको छ ।
यस अवसरमा, हुन्डाई नेपालले सम्पूर्ण ग्राहक, डिलर र साझेदारलाई धन्यवाद व्यक्त गर्दै आगामी दिनमा पनि आधुनिक प्रविधि र प्रतिबद्धतासँग नेपालमा समृद्ध जीवन र दिगो यात्राको भविष्य निर्माणमा साथ रहने लक्ष्य राखेको जनाएको छ ।