काठमाडौं । यामाहा नेपालले गोरखा–०६ मा अवस्थित नयाँ थ्रीएस फ्यासिलिटी (सेल्स, सर्भिस र स्पेयर पार्ट्स) चन्दा सप्लायर्सको औपचारिक शुभारम्भ गरेको छ ।
नयाँ शो–रुमको उद्घाटन प्रमुख अतिथि गोरखा नगरपालिकाका प्रमुख कृष्णबहादुर राना मगर, उपप्रमुख मसलीमाया थोकर र प्रमुख जिल्ला अधिकारी रामु राज कडरियाले संयुक्त रूपमा गरेका हुन् । कार्यक्रममा विशेष अतिथिका रूपमा एमएडब्ल्यूराइड्सका कार्यकारी निर्देशक तथा प्रमुख कार्यकारी अधिकारी दीपक कुमार अग्रवाल पनि उपस्थित थिए ।
अत्याधुनिक पूर्वाधार र अनुभवी टोलीसहित चन्दा सप्लायर्सले एकै छानामुनि बिक्री परामर्श, भरपर्दो बिक्रीपछिको सेवा र जेनुइन स्पेयर पार्ट्स उपलब्ध गराउने सुविधा प्रदान गरेको छ ।
उद्घाटन समारोहकै अवसरमा यामाहा नेपालले आफ्ना लोकप्रिय एफजेट र एमटी श्रृंखलाका नयाँ भेरियन्ट सार्वजनिक गर्यो । यी मोडलहरूले ताजा डिजाइन र आधुनिक फिचरमार्फत नेपाली राइडरहरूलाई लक्षित गर्दै यामाहाको पोर्टफोलियोलाई अझ सशक्त बनाएको कम्पनीले जनाएको छ ।
कार्यक्रममा बोल्दै एमएडब्ल्यूराइड्सका कार्यकारी निर्देशक दीपक कुमार अग्रवालले गोरखामा नयाँ शो–रुम सुरु हुनु यामाहाका उच्च प्रदर्शनयुक्त उत्पादन र उत्कृष्ट सेवालाई ग्राहकसम्म अझ नजिक ल्याउने महत्त्वपूर्ण कदम भएको बताए । उनले नयाँ मोडलहरूले गोरखा तथा आसपासका ग्राहकलाई स्टाइल, प्रदर्शन र भरोसाको संयोजनसहित थप विकल्प उपलब्ध गराउने उल्लेख गरे ।
त्यसैगरी, चन्दा सप्लायर्सका कार्यकारी निर्देशक चन्दन बाबु खत्रीले यामाहा दुईपांग्रे सवारीसाधन बिक्री मात्र नभई दीर्घकालीन विश्वास कायम गर्ने उद्देश्यसहित भरपर्दो बिक्रीपछिको सेवा प्रदान गर्ने प्रतिबद्धता व्यक्त गरे ।
यस नयाँ शोरुम र नयाँ एफजेट तथा एमटी भेरियन्टको लन्चसँगै यामाहा नेपालले आफ्नो फैलिँदो डिलर सञ्जाललाई अझ सबल बनाएको छ । अब गोरखा तथा आसपासका क्षेत्रका ग्राहकहरूले यामाहाका सम्पूर्ण मोटरसाइकल, स्कुटर, विज्ञ सर्भिस र स्पेयर पार्ट्स सहजै पाउनेछन् ।
एमएडब्ल्यूराइड्स अन्तर्गत यामाहा नेपालले आफ्नो नवीन इन्जिनियरिङ, भरपर्दो प्रदर्शन र ग्राहक सन्तुष्तिप्रतिको प्रतिबद्धताका कारण नेपालको सबैभन्दा विश्वासिलो दुईपांग्रे ब्रान्डको रुपमा अग्रस्थान कायम राख्दै आएको जनाएको छ ।