काठमाडौं । एमक्यूबले बीवाईडीसँगको साझेदारीमा आयोजना गरेको ‘काठमाडौं क्रोनिकल्स’ कार्यक्रम नक्सालस्थित मेरिएट काठमाडौँमा सम्पन्न भएको छ । संस्कृति, सहकार्य र अन्वेषणलाई जीवन्त उत्सवका रूपमा प्रस्तुत गरिएको यस कार्यक्रमले सहभागीहरूलाई काठमाडौं उपत्यकाको ऐतिहासिक सम्पदामाझ अनुभव दिलाएको छ ।
मेरिएटको मआइसीइ ग्राहकहरूलाई लक्षित गरी डिजाइन गरिएको यस कार्यक्रममा सहभागीहरूले बीवाईडी कारमार्फत दरबार स्क्वायर, पाटन दरबार स्क्वायर र स्वयम्भूनाथलगायत सम्पदास्थलहरूको भ्रमण गरे । ट्रेजर हन्ट शैलीमा तयार गरिएको यस यात्रामा टोलीहरूले रिडल हल गर्ने, सांस्कृतिक चुनौती पूरा गर्ने र काठमाडौंको इतिहाससँग जोडिएका कथाहरू प्रत्यक्ष अनुभव गर्ने अवसर पाए ।
एमक्यूबले परम्परागत बैठकको दायराबाट बाहिर निकाल्दै साहसिकता, संस्कृति र सहकार्यलाई जोड्ने नविन प्रयास गरेको छ । कार्यक्रममा सहभागीहरूले नेपाललाई केवल बैठक स्थल मात्र नभई व्यापार, संस्कृति र अन्वेषणको गन्तव्यका रूपमा पनि चिन्ने अवसर पाएका थिए ।
कार्यक्रमको समापन फेयरफिल्ड बाइ मेरिएट काठमाडौंमा भव्य उत्सव र सम्मान समारोहसँगै भयो । विजेता टोलीलाई ‘काठमाडौं एक्सपर्ट्स’ को उपाधि प्रदान गरिएको थियो ।
मेरिएट इन्टरनेशनलका उत्तर भारत, नेपाल र भुटानका लागि मार्केट भाइस प्रेसिडेन्ट अरुण कुमारले भने, 'काठमाडौं क्रोनिकल्स ले शहरको सम्पदा र संस्कृतिलाई बैठकभन्दा बेग्लै, एकदमै अर्थपूर्ण अनुभवका रूपमा प्रस्तुत गर्यो । हस्पिटालिटीको वास्तविक अर्थ नै अर्थपूर्ण अनुभव सिर्जना गर्नु हो भन्नेमा हाम्रो विश्वासलाई यस कार्यक्रमले मजबुत बनाएको छ ।'
एमक्यूब, बीवाईडी र मेरिएटबीचको सहकार्यले इनोभेसन, हस्पिटालिटी र सम्पदालाई एउटै अनुभवमा जोड्दै मआइसीइ उद्योगमा नयाँ आयाम प्रस्तुत गरेको आयोजकले जनाएको छ ।