काठमाडौं । नेपालका लागि भेस्पा–एप्रिलिया स्कुटरका आधिकारिक वितरक डेल्टा अटोकर्पले दशैं, तिहार तथा छठ पर्वको अवसरमा 'डबल या तेब्बर बबाल' फेस्टिभ अफर सार्वजनिक गरेको छ ।
नेपालीहरूको महान पर्वलाई अझ उत्साहपूर्ण बनाउन ल्याइएको यस अफर अन्तर्गत भेस्पा वा एप्रिलिया स्कुटर खरिद गर्ने ग्राहकले स्क्र्याच कार्डमार्फत आकर्षक नगद पाउनेछन् । कार्डमा दिइएको क्युआर कोड स्क्यान गरी जितिएको रकमलाई दोब्बर वा तेब्बरसम्म बढाउन सकिने कम्पनीले जनाएको छ ।
यससँगै, हरेक हप्ताको लक्की ड्रमार्फत ग्राहकले ४ रात ५ दिनको रोमाञ्चक थाइल्याण्ड भ्रमण जित्ने अवसर पाउनेछन् । बम्पर पुरस्कार स्वरूप एक भाग्यशाली ग्राहकले रु। १० लाख नगद प्राप्त गर्ने विशेष मौका पाउनेछन् ।
त्यसैगरी, जुनसुकै कम्पनीको पुरानो मोटरसाइकल वा स्कुटर एक्सचेन्ज गर्दा न्यूनतम ४० हजार रुपैयाँ मूल्याङ्कन पाउने र स्क्र्याच कार्डमार्फत थप १ लाख ५० हजारसम्म लाभ लिन सकिनेछ । ४.९९ प्रतिशत ब्याजदरमा इएमआइ सुविधा र शून्य सेवा शुल्कसहितका फाइनान्स सुविधाहरू पनि उपलब्ध छन् ।
अफर नेपालभरका सबै भेस्पा–एप्रिलिया शोरूममा लागू हुने कम्पनीले जनाएको छ ।
योजनाबारे जानकारी दिँदै डेल्टा अटोकर्पका प्रमुख कार्यकारी अधिकृत विजय महतोले भने, 'ग्राहकहरूलाई हरेक वर्ष नयाँ अनुभव र लाभ दिलाउने हाम्रो प्रयास हो । ‘डबल या ट्रिपल बबाल’ अफरले यसपटकको पर्वलाई थप रोचक र यादगार बनाउनेमा हामी विश्वास गर्छौं ।'