काठमाडौं । नेपाल राष्ट्र बैंकले दशैंका लागि नयाँ नोट भदौ २९ गतेबाट साट्न पाइने बताएको छ । राष्ट्र बैंकले भदौ २९ गतेदेखि असोज १० गतेसम्म सुकिला नोट (नयाँ नोट) साट्न पाइने जानकारी गराएको हो ।
राष्ट्र बैंकले केन्द्रीय बैंकसँगै सातवटै प्रदेश कार्यालयबाट पनि नयाँ नोट साट्न सकिनेछ । प्रदेश कार्यालयहरू विराटनगर, जनकपुर, वीरगञ्ज, पोखरा, सिद्धार्थनगर, नेपालगञ्ज र धनगढीबाट सटही गर्न सकिनेछ ।
राष्ट्र बैंकसँगै क, ख, र ग वर्गका बैंक तथा वित्तीय संस्थाका शाखा कार्यालयहरूबाट सर्वसाधारणका साथै संघ/संस्थालाई कारोबारको समयमा नोट सटही हुनेछ ।