नेपाल बैंकले पायो २३.७४ प्रतिशत हकप्रद निष्कासन गर्न बोर्डको अनुमति

<p>काठमाडौं । नेपाल बैंकले पनि २३.७४ प्रतिशत (१०० बराबर २३.७४ को अनुपातमा) हकप्रद निष्कासन गर्ने अनुमति पाएको छ । बोर्डले मंगलबार नै बैंकलाई १ करोड ५४ लाख कित्ता हकप्रद निष्कासन गर्न अनुमति दिएको हो । बैंकले १०० अंकित मूल्यको १ अर्ब ५४ करोड रुपैयाँ बराबरको हकप्रद जारी गर्न लागेको हो । हाल बैंकको बिक्री प्रवन्धकको [&hellip;]</p>

काठमाडौं । नेपाल बैंकले पनि २३.७४ प्रतिशत (१०० बराबर २३.७४ को अनुपातमा) हकप्रद निष्कासन गर्ने अनुमति पाएको छ । बोर्डले मंगलबार नै बैंकलाई १ करोड ५४ लाख कित्ता हकप्रद निष्कासन गर्न अनुमति दिएको हो ।

बैंकले १०० अंकित मूल्यको १ अर्ब ५४ करोड रुपैयाँ बराबरको हकप्रद जारी गर्न लागेको हो । हाल बैंकको बिक्री प्रवन्धकको काम सिभिल क्यापिटल मार्केटले गरिरहेको बोर्डले जनाएको छ ।

हाल बैंकको चुक्ता पूँजी ४ अर्ब रुपैयाँ रहेको छ । बोनस बाहेक सो मात्राको हकप्रद पश्चात बैंकको पूँजी करिब ५ अर्ब ५४ करोड रुपैयाँ नाग्ने छ । बुधबार बैंकको सेयर प्रतिकित्ता ४६० रुपैयाँमा कारोबार भइरहेको छ ।

Share News