पिटर नवारोको आरोप– भारतले रुसलाई वित्तीय सहयोग गरिरहेको छ

काठमाडौं । अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पका व्यापार सल्लाहकार पीटर नवारोले भारतले रूसको युद्धलाई वित्तीय सहयोग गरिरहेको आरोप लगाएका छन् । साथै उनले यस युद्धलाई ‘मोदीको युद्ध’ समेत भने ।

नवारोले बुधबार ब्लूमबर्ग टेलिभिजनको कार्यक्रममा भनेका छन्, ‘यदि भारतले रूसी तेल किन्ने काम बन्द गर्छ भने उसले २५ प्रतिशत छुट पाउन सक्छ ।’

‘मोदी एक महान नेता हुन्, भारत एक परिपक्व लोकतन्त्र हो, तर पनि उनीहरू हामीलाई सिधा हेरी भन्छन् कि उनीहरूको देशमा विश्वकै सबैभन्दा बढी ट्यारिफ छैन, जबकि वास्तविकता त्यस्तो छैन,’ उनले थपे ।

पिटर नवारोले रुसले  भारतको पैसा आफ्नो युद्ध मेसिन चलाउन प्रयोग गर्ने र बढी युक्रेनी मारिने पनि बताए । साथै उनले अमेरिका र युरोपकोमा आएर युक्रेनले पैसा माग्ने पनि बताए ।

‘यसरी अमेरिकी जनतालाई नोक्सान हुन्छ किनभने हामी मोदीको युद्धलाई फन्ड गर्न बाध्य हुन्छौं,’ उनले भने ।

‘जब भारतले सस्तो रूसी तेल किन्छ र भारतीय रिफाइनरीहरूले रूसी रिफाइनरीसँग मिलेर त्यसलाई विश्वका अन्य ठाउँमा महँगो मूल्यमा बेच्छन्, तब प्रत्येक अमेरिकी नागरिकको नोक्सान हुन्छ,’ उनले थपे ।

Share News