युरोपेली कार बिक्री जुलाईमा बढ्यो : टेस्लाको हिस्सा झर्दा बीवाईडीले मार्यो बाजी

काठमाडौं । युरोपमा नयाँ कार बिक्री जुलाईमा ५.९ प्रतिशतले बढेको युरोपेली अटोमोबाइल म्यानुफ्याक्चरर्स एसोसिएसन (एसीईए) को तथ्यांकले बिहीबार देखाएको छ ।

तथ्यांकअनुसार जर्मनीमा भएको वृद्धिले ब्रिटेन, फ्रान्स र इटालीमा भएको गिरावटलाई मात दिएको छ ।

टेस्लाले लगातार सातौं महिनासम्म बजार हिस्सा गुमायो, यद्यपि विद्युत कारको कुल बिक्री बढेको थियो । यस अवधिमा टेस्लाको प्रतिस्पर्धी बीवाईडीभन्दा पछि पर्यो, जसको बिक्री पहिलोपटक मासिक तथ्यांकमा समावेश गरिएको थियो ।

फक्सवागनजस्ता घरेलु निर्माताहरू युरोपको बढ्दो ईभी बजारमा चिनियाँ प्रतिस्पर्धीलाई रोक्न र लाभदायक तरिकाले सवारीसाधनलाई प्रोत्साहन दिने नियमनसँग तालमेल मिलाउन नयाँ मोडेलहरू ल्याउने तयारीमा छन् ।

एसीईएका सीईओ ओला केल्लेनियसले बुधबार युरोपेली आयोगकी अध्यक्ष उर्सुला भोन डर लायनलाई पठाएको पत्रमा सह(हस्ताक्षर गर्दै भनेका छन्— २०३५ सम्म कारहरूमा १०० प्रतिशत सीओटू कटौती गर्ने युरोपेली संघका लक्ष्य अब सम्भव छैनन्।

युरोपेली अटो निर्माताहरूले अर्बौं घाटा बेहोरेका छन् र नाफा घट्ने चेतावनी दिएका छन्, जसमा अमेरिकी आयात शुल्कको असर पनि देखिएको छ ।

तथ्यांकअनुसार

युरोपेली संघ, बेलायत र युरोपेली स्वतन्त्र व्यापार संघमा जुलाईमा बिक्री बढेर १०।९ लाख कार पुगेको एसीईएले जनाएको छ ।

फक्सवागन र रेनोको दर्ता क्रमशः ११.६ प्रतिशत र ८.८ प्रतिशतले बढ्यो, तर स्टेलान्टिसको दर्ता १.१ प्रतिशतले घट्यो ।

टेस्लाको बिक्री ४०.२ प्रतिशतले घटेर बजार हिस्सा गत वर्षको १.४ प्रतिशतबाट ०.८ प्रतिशतमा झर्यो । बीवाईडीको बिक्री भने २२५.३ प्रतिशतले बढ्दै बजार हिस्सामा १.२ प्रतिशत पुगेको छ ।

कुल ईयू कार बिक्री ७.४ प्रतिशतले बढ्यो । ब्याट्री इलेक्ट्रिक, हाइब्रिड इलेक्ट्रिक र प्लग(इन हाइब्रिड कार दर्ता क्रमशः ३९.१ प्रतिशत, ५६.९ प्रतिशत र १४.३ प्रतिशतले बढ्दै समग्रमा ५९.८ प्रतिशत पुग्यो, जुन गत जुलाई ९२०२४० को ५१.१ प्रतिशतभन्दा बढी हो ।

जर्मनीमा कुल बिक्री ११.१ प्रतिशतले बढ्यो भने बेलायतमा ५ प्रतिशत, फ्रान्समा ७.७ प्रतिशत र इटालीमा ५.१ प्रतिशतले घट्यो । स्पेन, पोल्याण्ड र अष्ट्रियामा भने क्रमशः १७.१ प्रतिशत, १६.५ प्रतिशत र ३१.६ प्रतिशत वृद्धि भयो ।

पोर्शेमा नयाँ सीईओको खोज सुरु, फक्सवागनसँगको दोहोरो भूमिका अन्त्य हुने संकेत

निसानमा मर्सिडिज-बेन्जको हिस्सेदारी समाप्त, ३२५ मिलियन डलरमा डिल

अटो पाइलट दुर्घटना मुद्दा : सम्झौता प्रस्ताव अस्वीकार गर्दा टेस्लालाई घाटा, २४३ मिलियन डलर क्षतिपूर्ति

Share News