काठमाडौं । स्वेदशी लगघुवित्त वित्तीय संस्था लिमिटेडले ३ लाख कित्ता साधारण सेयरको निष्कासन गरेको छ ।
यो संस्थाले १ सय रुपैयाँ अंकित ३ लाख कित्ता साधारण सेयरमध्ये १२ हजार कित्ता कर्मचारीका लागि र १५ हजार कित्ता सेयर सामूहिक लगानी कोषको लागि सुरक्षित गरेको छ । बाँकी २ लाख ७३ हजार कित्ता साधारण सेयरको निष्कासन गरेको हो ।
यो वित्तीय संस्थाले १० करोडको जारी पुँजीमा ३ करोड रुपैयाँ थप गर्ने उद्देश्यले यो सेयर निष्कासन गरेको हो । यसको अधिकृत पुँजी २० करोड रुपैयाँ रहेको छ । अगामी चैत्र २५ गतेबाट खुला हुने यसको सेयर आवेदनका लागि छिटोमा चैत्र २९ र ढिलोमा बैशाख ८ गतेसम्मको समय तोकिएको छ ।
यो वित्तीय संस्थाको सेयरकालागि आवदेन दिन चाहनेले न्युनतम ५० कित्ता देखि अधिकतम १५ सय कित्तासम्मलाई आवेदन दिन पाउने छ । यसको धितोपत्र निष्कासन तथा विक्री प्रवन्धक एनएमबी क्यापीटल लिमिटेड हो ।
यसको सेयर आवेदन एनएमबी बैंकका शाखाहरु, एनएमबी क्यापिटल लिमिटेड र स्वदेशी लघुवित्तको केन्द्रीय कार्यालय सुनसरीमार्फत दिन सकिने उल्लेख छ ।