बजाज मोटरसाइकल किन्दा नगद उपहार र क्रिकेटको मजा लिन पाइने

काठमाडौं । नेपालका लागि बजाज मोटरसाइकलको एकमात्र आधिकारिक वितरक हंसराज हुलासचन्द एण्ड कम्पनीले दसैँ र तिहारलाई लक्षित गर्दै नयाँ क्याम्पेन ‘बजाज प्रिमियर लिग’ सार्वजनिक गरेको छ ।

मोटरसाइकललाई यातायातको साधन मात्र नभई जीवनशैली र पहिचानको प्रतीकका रूपमा स्थापित गर्न कम्पनीले उपभोक्तालाई अझ नजिक ल्याउने उद्देश्यले यो अभियान सुरु गरेको हो ।

क्याम्पेनको विशेषताअनुसार हरेक नयाँ बजाज मोटरसाइकल खरिदकर्ताले क्रिकेटको स्कोरिङ शैलीअनुसार ‘जति धेरै रन, त्यति धेरै नगद पुरस्कार’ पाउनेछन् । साथै, नागरिकताको आधारमा सहज वित्तीय सुविधा (फाइनान्सिङ) मार्फत पनि मोटरसाइकल खरिद गर्न सकिने व्यवस्था गरिएको कम्पनीले जनाएको छ ।

यस योजनामा सातै प्रदेशबाट हरेक हप्तामा ५० हजार रुपैयाँको नगद पुरस्कार, ‘प्लेयर अफ द वीक’ बन्ने ग्राहकलाई १ लाख रुपैयाँ नगद, साथै चर्चित क्रिकेटरहरूसँग भेट्ने अवसर प्रदान गरिनेछ । यसरी खरिदकर्ताले नगद उपहारसँगै क्रिकेटसँग जोडिएका विशेष अनुभव पनि प्राप्त गर्नेछन् ।

गोल्छा ग्रुपका निर्देशक अभिमन्यु गोल्छाले बजाज प्रिमियर लिगमार्फत ग्राहकसँगको भावनात्मक सम्बन्ध अझ प्रगाढ बनाउन खोजिएको बताए । उनले भने, 'नेपालमा बजाजलाई भरपर्दो र लोकप्रिय ब्रान्डका रूपमा स्थापित गर्दै आएको हंसराज हुलासचन्द एण्ड कम्पनीले यो क्याम्पेनमार्फत ग्राहकलाई मात्र होइन, आम सर्वसाधारणलाई समेत चाडपर्वको रमाइलोमा जित र उपहारको नयाँ अनुभव दिलाउने विश्वास लिएको छ ।'

यसैगरी, मोबाइल गेमप्रेमीका लागि पनि यो अभियानमा अवसर दिइएको छ । ग्राहकले मोबाइलमा क्रिकेट खेल्दै रन बनाउन सक्ने र त्यसको आधारमा विभिन्न उपहार प्राप्त गर्ने सुविधा उपलब्ध गरिएको कम्पनीले जनाएको छ । यस खेलमा जोसुकैले सजिलै सहभागी भई उपहार जित्न सक्नेछन् ।

Share News