मेटलाइफको पर्सा, कावासोती र दमौलीमा तीन नयाँ एजेन्सी अफिस

काठमाडौं । मेटलाइफले गत हप्तामा पर्सा, कावासोती र दमौलीमा तीन नयाँ एजेन्सी अफिस खोलेको छ । जसले हजारौं घरपरिवारलाई विश्वासिलो वित्तीय परामर्श र बीमा सेवामा अझ सजिलो पहुँच उपलब्ध गराउने कम्पनीको विश्वास छ । 

मेटलाइफ नेपालका जनरल म्यानेजर निर्मल काजी श्रेष्ठले पर्सा, कावासोती र दमौलीमा एजेन्सी अफिस खोल्नु केवल सञ्जाल विस्तार मात्र नभई बीमा सुरक्षालाई आम मानिसहरूको दैनिक जीवनमा नजिक ल्याउने संकल्प रहेको बताए ।

जीवन बीमा वित्तीय सुरक्षाका लागि झन् आवश्यक बन्दै गएको बेला मेटलाइफ नेपालले परिवार र व्यवसायहरूलाई थप सुरक्षा सहज बनाउन विभिन्न कदमहरू चालिरहेको छ ।

नयाँ अफिसहरूले बीमा सेवा मात्र प्रदान गर्ने छैनन्, यसले स्थानीय रोजगारका अवसर पनि सिर्जना गर्ने कम्पनीले जनाएको छ ।

संयुक्त राज्य अमेरिकामा संस्थापित अमेरिकन लाइफ इन्स्योरेन्स कम्पनीको शाखाको रूपमा मेटलाइफ सन् २००१ देखि नेपालमा सञ्चालन भइरहेको छ ।
 
नेपालमा यसले आफ्ना व्यक्तिगत तथा संस्थागत ग्राहकहरूलाई जीवन बीमा, दुर्घटना तथा स्वास्थ्य बीमा र सामूहिक बीमा जस्ता बीमा योजनाहरु उपलब्ध गराउँदै आइरहेको छ । 

Share News