एनआईएमबिका ५ वटा शाखा कार्यालय गाभिए

काठमाडौं । नेपाल इन्भेष्टमेण्ट मेगा बैंक (एनआईएमबि) का विभिन्न शाखा कार्यालय गाभिएका छन् । बैंकका एकै स्थानमा रहेका ५ वटा शाखा कार्यालय गाभिएका हुन् ।

शाखा कार्यालय एक आपसमा गाभ्न नेपाल राष्ट्र बैंकबाट स्वीकृतीपश्चात् विभिन्न ठाउँमा रहेका ५ वटा शाखा गाभिएका हुन् । 

गाभिने शाखा कार्यालयबाट बैंकिङ कारोबार गरिरहेका ग्राहकहरूले अब उप्रान्त गाभ्ने शाखा कार्यालयबाट कारोबार सुचारू गर्न बैंकले अनुरोध गरेको छ । 

बैंकका अनुसार कास्कीको पोखरा महानगरपालिका-६ गौरीघाट शाखा सेन्टर पोइन्टस्थित लेकसाइड शाखामा गाभिएको छ । यस्तै, पोखरा महानगरपालिका-८ स्थित रत्न चोक शाखा श्रृजना चोक पोखरा-२ शाखामा गाभिएको छ ।

चितवनको भरतपुर महानगरपालिका-१० स्थित भरतपुर हाइट शाखा हाकिम चोकमा, कैलालीको एलएन चोक शाखा मेनरोड धनगढी शाखामा गाभिएको बैंकले जनाएको छ । 

यस्तै, धनुषाको जनकपुर उपमहानगरपालिका-१ मिल्स एरियास्थित जनकपुर शाखा जनकपुर उपमहानगरपालिका-२ जनक चोकमा रहेको शाखामा गाभिएको बैंकले जनाएको छ । 

यस्तै, बैंकको पोखरा महानगरपालिका-८ सभागृह चोकमा रहेको शाखा १ सय मिटर दक्षिणतर्फ स्थानान्तरण गरिएको बैंकले जनाएको छ ।

Share News