होन्डाको दशैं योजना सार्वजनिक, यस्ता छन् अफर

काठमाडौं । नेपालका लागि होन्डा कारको आधिकारिक बिक्रेता स्याकार ट्रेडिङले हिन्दूहरूको महान् चाड दशैंको अवसर पारेर आफ्ना ग्राहकहरूका लागि आकर्षक योजना ‘चंगा उड्छ फरर, होन्डा कारमा सरर’ सार्वजनिक गरेको छ । 

यो योजना कार्तिक १४ गतेसम्म नेपाल अधिराज्यभरका सबै होन्डा शोरूमहरूमा लागू हुनेछ । 

यस योजनाअन्तर्गत ग्राहकहरूले होन्डा कारको खरिदमा विभिन्न आकर्षक सुविधाहरू प्राप्त गर्न सक्नेछन् । कम्पनीले ४ लाखसम्मको आकर्षक नगद छुटको व्यवस्था गरेको छ । 

यसका साथै ग्राहकहरूले ५ वर्षको लागि निःशुल्क सर्भिसिङ, १ वर्षको निःशुल्क फुल इन्स्योरेन्स, र १ वर्षको लागि सडक करमा छुट जस्ता सुविधा पनि पाउनेछन् । पुराना गाडीसँग नयाँ होन्डा साट्न चाहने ग्राहकहरूका लागि २५ हजार बराबरको एक्सचेन्ज बोनसको पनि व्यवस्था गरिएको छ ।

यसबाहेक ग्राहकहरूले हरेक गाडीको खरिदमा निःशुल्क एसेसरिज, २ वर्षको इन्जिन वारेन्टी, र एक पटकको लागि निःशुल्क रोडसाइड असिस्टेन्स जस्ता थप सुविधा पनि प्राप्त गर्नेछन् ।

यो योजना होन्डाका लोकप्रिय मोडेलहरू जस्तै होन्डा सिटी, सिटी ईःएचईभी, एलिवेट, अमेज, र सिटी फिफ्थ जेनेरेसन लगायतका गाडीहरूमा उपलब्ध हुनेछ।

स्याकार ट्रेडिङ्ग कम्पनीले विगत लामो समयदेखि नेपाली बजारमा उच्च गुणस्तरीय गाडी र उत्कृष्ट ग्राहक सेवा प्रदान गर्दै आएको छ । 

Share News