नाडा अटो शोमा स्काइवेलका १३१ वटा गाडी बुकिङ

काठमाडौं । भर्खरै सम्पन्न भएको नाडा अटो शोमा १३१ वटा स्काईवेलका गाडी बुकिङ भएको छ । नेपालका लागि स्काईवेलको आधिकारिक वितरक जी मोटर्सले यस्तो जानकारी दिएको हो ।

जी मोटर्सका अनुसार बीई ११ र ईटी ५ मोडल बुकिङ भएका हुन् ।  गाडी खरिद गर्नेहरूका लागि युरोप टुर, हिराको हार र लक्की ड्रमा रोलेक्स घडीजस्ता अफर राखिएको थियाे ।

जी मोटर्सका शोरुम नक्साल, राधेराधे भक्तपुर र इटहरीमा रहेका छन भने बिर्तामोड, पोखरा, चितवन र जनकपुरमा डिलर स्थापना भइसकेको छ । 

आउने दिनमा बुटवल, नेपालगञ्ज र धनगढीमा डिलर स्थापना गर्ने जी मोटर्सले जनाएको छ ।

स्काइवेलका विद्युतीय सवारी जर्मनी, इजरायल, टर्की र रसियालगायत ५८ भन्दा बढी देशमा बिक्री हुँदै आएको छ । 

Share News