एमजी गाडीमा पर्व अफर : ४ लाखसम्म छुट, इन्स्योरेन्स र चार्जिङ सुविधा नि:शुल्क

काठमाडौं । मोरिस गराजेज (एमजी) का नेपालको आधिकारिक वितरक प्यारामाउन्ट मोटर्सले नजिकिँदै गरेका चाडपर्वहरूलाई लक्षित गरेर विशेष अफरको घोषणा गरेको छ । कम्पनीले  दसैँ, तिहार र छठलाई लक्षित गर्दै मोरिस गराजेज 'पाथ्स अफ स्माइल' नामक योजना घोषणा गरेको हाे ।

उक्त योजनाअन्तर्गत ग्राहकहरूले एमजीका गाडीहरू– एमजी४ ईभी, एमजी कमेट ईभी, एमजी जेडएस ईभी, एमजी एस५ ईभी, एमजी विन्डसर ईभी र एमजी आईएम६ ईभी खरिद गर्दा विशेष सुविधा पाउनेछन् ।

यस योजनाअन्तर्गत ग्राहकहरूले एमजीका सवारीसाधनहरू खरिद गर्दा ४ लाखसम्म छुट पाउनेछन् । त्यस्तै, हरेक गाडीको खरिदमा निःशुल्क कम्प्रिहेन्सिभ अटो प्लस इन्स्योरेन्स र निःशुल्क ३ किलोवाट वा ७ किलोवाट चार्जर कम्पनीले उपलब्ध गराउनेछ ।

यो योजना ६ भदौ २०८२ देखि १० कात्तिक २०८२ सम्म एमजीको नक्साल र थापाथलीस्थित शोरूमहरूमा मात्र लागू हुने बताइएको छ । 

प्यारामाउन्ट मोटर्सका महाप्रबन्धक सुनीलबहादुर क्षेत्रीले भने, 'पर्वहरू खुसी, एकता र उत्सवको समय हुन् । ‘पाथ्स अफ स्माइल’ योजनामार्फत हामी हाम्रो ग्राहकहरूको एमजी गाडीको अनुभवलाई अझ विशेष बनाउन चाहन्छौँ । आकर्षक छुट, निःशुल्क इन्स्योरेन्स र सजिलो चार्जिङ सुविधासहित यो पर्व, एमजी घर ल्याउने उत्तम अवसर हो ।'

'पाथ्स अफ स्माइल' योजनाले नेपालमा एमजीको प्रिमियम, नवीनतम र ग्राहक–केन्द्रित अनुभव दिने प्रतिबद्धता झल्काउने कम्पनी विश्वास छ । यस योजनामा सर्तहरू लागू हुने कम्पनीले जनाएको छ ।

Share News