सिद्धार्थ बैंकका ग्राहकलाई माया मनोर बुटिक होटेलमा २० प्रतिशतसम्म छुट

काठमाडौं । सिद्धार्थ बैंक लिमिटेड र माया मनोर बुटिक होटेलबीच बैंकका ग्राहकलाई छुट प्रदान गर्ने सम्झौता भएको छ ।

सम्झौता अनुसार काठमाडौंको हात्तीसारस्थित माया मनोर बुटिक होटेलमा बैंकका ग्राहकहरूले बैंकको कार्ड वा मोबाइल बैंकिङमार्फत भुक्तानी गर्दा २० प्रतिशतसम्मको छुट प्राप्त गर्न सक्नेछन् ।

बैंकले यो सहकार्यले ग्राहकलाई छुटको सुविधा प्रदान गर्नुका साथै नगद कारोबारलाई डिजिटल कारोबारतर्फ प्रवाहित गर्ने विश्वास लिएको जनाएको छ ।

यस सम्झौता सम्बन्धी थप जानकारीका लागि बैंकको २४ घण्टा सञ्चालनमा रहने ग्राहक सेवा केन्द्र ‘सिद्धार्थ केयर’ मा सम्पर्क गर्न सकिनेछ ।

Share News