नाडा अटो शोको अन्तिम दिन आज, दीपलको आकर्षक अफरले झुम्मिए ग्राहक

काठमाडौं । काठमाडौंमा जारी नाडा अटो शोमा नयाँ सवारीसाधन र विशेष अफरहरूले अवलोकनकर्ताहरूको ध्यान खिच्न सफल भएको छ । विशेषगरी विद्युतीय गाडी ब्रान्ड दीपलले भर्खरै सार्वजनिक गरेको एस-०५ एसयुभी र दुई पाङ्ग्रे सवारीको लोकप्रिय ब्रान्ड हिरोले ल्याएको नयाँ जुम १२५ स्कुटर तथा सुपर स्प्लेन्डर १२५ बाइकले ग्राहकहरूको ध्यान केन्द्रित गरेका छन् ।

कम्पनीहरूले नाडालाई लक्षित गरी सीमित अवधिका लागि विशेष छुट र योजनाहरू घोषणा गरेका छन् । जसकारण स्टलहरूमा ग्राहकहरूको भीड उल्लेख्य देखिएको छ । 

दीपलको स्टलमा नयाँ विद्युतीय एसयुभी एस-०५ हेर्न र बुझ्न आउनेहरूको बाक्लो उपस्थिति छ । दीपलका मार्केटिङ म्यानेजर रमेश दनेखूका अनुसारका नाडा अगाडि लन्च गरिएको एस ०५ ले छोटो समयमै उत्कृष्ट प्रतिक्रिया पाइरहेको छ । एस-०५ को सुरुवाती मूल्य ४९ लाख ९९ हजार रुपैयाँदेखि हाइ भेरियन्टको ५७ लाख ९९ हजार रुपैयाँसम्म तोकिएको छ । 

null

यसैगरी, कम्पनीकी सेल्स रितु भट्टराईका अनुसार यो गाडीमा ९९ किलोवाटको मोटर र ५६.१ किलोवाटको ब्याट्री छ । जसले एक पटकको फुल चार्जमा ४०५ किलोमिटरको रेन्ज दिन्छ । नेपाली सडकका लागि उपयुक्त १८० एमएमको ग्राउन्ड क्लियरेन्स, १६० लिटरको फ्रंक स्पेस (अगाडिको बुट) र ४९२ लिटरको विशाल बुट स्पेस यसका थप विशेषता हुन् ।

यसमा पार्क असिस्ट, १४ वटा स्पिकर, कुलिङ बक्स, र दुवै अगाडिका सिटमा हिटिङ तथा कुलिङजस्ता प्रिमियम फिचरहरू छन् । नाडाको अवसरमा एस-०५ खरिद गर्ने ग्राहकले एक वर्षको रोड ट्याक्स, ७ किलोवाटको चार्जर, फ्लोर म्याट र आकर्षक छुट पाउनेछन् । 

दीपलको चर्चित मोडल एस-०७ (२०२५ मोडल) मा कम्पनीले ‘जेरो ओनरसिप’ र ‘बाई ब्याक’ नामक विशेष अफर ल्याएको छ । भट्टराईका अनुसार ‘जेरो ओनरसिप’ अफर अन्तर्गत ग्राहकले ५ वर्षसम्मको इन्स्योरेन्स, रोड ट्याक्स, सर्भिसिङ र चार्जिङ खर्चसमेत कम्पनीले व्यहोर्नेछ ।

null

‘बाई ब्याक’ योजनामा ग्राहकले निश्चित समयपछि आफ्नो गाडी कम्पनीलाई नै फिर्ता बेच्न सक्नेछन् । नाडामा दीपपलका गाडीहरूको १५० भन्दा बढी युनिट बुक भइसकेको कम्पनीले जनाएको छ । 

दुई पाङ्ग्रे सवारीको सेगमेन्टमा सिजी मोटर्सद्वारा वितरित हिरो मोटोकर्पले पनि आफ्ना नयाँ उत्पादनहरूसहित ग्राहकलाई आकर्षित गरिरहेको छ । सिजी मोटर्सका सहायक सेल्स म्यानेजर सोहन शाहीका अनुसार नाडामा ४वटा मोडल प्रदर्शनमा राखिएको छ । जसमध्ये दुईवटा नयाँ मोडल सुपर स्प्लेन्डर १२५ र जुम १२५ को बुकिङ खुला गरिएको छ । 

‘सुपर स्प्लेन्डर हिरोको एक लेजेन्ड बाइक हो, जसलाई अहिले बीएस ६ इन्जिन र एफआई  सिस्टमसहित अपग्रेड गरिएको छ,’ शाहीले भने, ‘यसको मुख्य विशेषता भनेकै यसको उत्कृष्ट माइलेज हो, जसले ६० किलोमिटर प्रतिलिटरभन्दा बढी माइलेज दिन्छ ।’

नाडा अवधिभरका लागि यसको परिचयात्मक मूल्य २ लाख ६६ हजार ९ सय  रुपैयाँ तोकिएको छ । 

त्यस्तै, हिरोले भर्खरै नेपाली बजारमा ल्याएको जुम १२५ स्कुटर पनि आकर्षणको केन्द्र बनेको छ । ११० सीसीको पुरानो मोडलमा ग्राहकबाट आएको पावर र अफरोड क्षमताको सुझावलाई ध्यानमा राखेर यसलाई १२५ सीसी इन्जिन र १४ इन्चको ठूलो टायरसहित अपग्रेड गरिएको छ ।

यसमा ब्लुटुथ कनेक्टिभिटी र टर्न-बाई-टर्न नेभिगेसनसहितको डिजिटल मिटर जडान गरिएको छ, जुन यो सेग्मेन्टमा नयाँ हो। यसको परिचयात्मक मूल्य ३ लाख ९ हजार ९ सय रुपैयाँ राखिएको छ र नाडामा बुकिङ गर्ने ग्राहकले उपहारस्वरूप ‘अल्तिमा’ को एयरबड्स पाउनेछन् । 

हिरोका सबै मोटरसाइकल तथा स्कुटरहरू नेपालमै एसेम्बल हुने र सबैमा ५ वर्षको इन्जिन वारेन्टी, ४ पटक निःशुल्क सर्भिसिङ र एउटा हेल्मेट उपलब्ध गराइने शाहीले जानकारी दिए । यी बाहेक १६० सीसीको स्कुटर र २१० सीसीको बाइक पनि प्रदर्शनमा छन्, जुन परीक्षणपछि जनवरी-फेब्रुअरीतिर लन्च गर्ने कम्पनीको योजना छ । अब नेपाली सडकमा दीपलका गाडीहरुको बाक्लो उपस्थिति रहेको कम्पनीले दाबी गरेको छ । 

null

नाडा अटो शो नयाँ गाडी खरिद गर्न चाहनेहरूका लागि उत्कृष्ट अवसर बनेको छ, जहाँ एकै ठाउँमा विभिन्न ब्रान्डका नयाँ उत्पादनहरू हेर्न, तुलना गर्न र विशेष छुटमा खरिद गर्न सकिन्छ । यी परिचयात्मक मूल्य र विशेष अफरहरू नाडा अवधिभरका लागि मात्र सीमित भएकाले खरिदकर्ताका लागि यो सुनौलो मौका हो ।

नाडा अटो शो आज अर्थात् आइतबार सकिँदै छ । १७औं संस्करणको ६ दिने नाडा अटो शोमा हालसम्म १ लाख ५० हजारभन्दा बढीले अवलोकन गरिसकेको नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालले जनाएको छ । नाडाले यसपटको नाडा अटो शो सोचेको भन्दा उत्कृष्ट भएको भन्दै गरिरहेको छ । 

चाडबाडको मुखमा आयोजना गरिएको अटो शोमा टायर, ब्याट्रीदेखि चारपांग्रे सवारीसाधनसम्म बुकिङ गर्न पाइने सुविधा रहेको छ । यो पटक प्रायः प्रिमियमदेखि सस्तो गाडीसम्म विद्युतीय सवारीसाधन (ईभी) मा आकर्षण देखिएको छ । आज अन्तिम दिन भएकाले प्रर्दशनी स्थलमा ग्राहक तथा अवलोकनकर्ताको घुइँचो लागेको छ ।  

Share News