कोलम्बियामा कारबम हमला : १८ जनाको मृत्यु, ४० भन्दा धेरै घाइते

काठमाडौं । कोलम्बियाको क्याली सहरमा भएको कार बम विस्फोटमा कम्तीमा १८ जनाको मृत्यु भएको छ भने ४० भन्दा धेरै घाइते भएका छन् ।

पुलिसका अनुसार यो हमला मार्को फिडेल सुआरेज मिलिट्री एभियसन स्कूललाई लक्षित गरेर गरिएको थियो ।

विस्फोटका कारण वरिपरिका धेरै भवनहरूमा पनि क्षति पुगेको छ ।

क्यालीका मेयर एलेजान्ड्रो एडरले हमलाको निन्दा गर्दै जिम्मेवार व्यक्तिहरूको बारेमा जानकारी दिनेलाई ४० करोड डलरको पुरस्कार घोषणा गरेका छन् ।

सुरक्षालाई ध्यानमा राख्दै उनले धेरै भवन र विद्यालय खाली गराउन आदेश दिएका छन् र शहरमा ठूला ट्रकहरूको प्रवेशमा प्रतिबन्ध लगाएका छन् ।

यसअघि बिहीबार उत्तर(पश्चिमी शहर म्याडेलिन नजिकै ग्रामीण क्षेत्रमा प्रहरीले हेलिकोप्टरमा भएको हमलामा कम्तीमा १२ जनाको मृत्यु भएको थियो ।

Share News