काठमाडौं । वैज्ञानिकहरूले सौर्यमण्डलमा एक बाह्य घुसपेठिया पत्ता लगाएका छन्, जो सूर्यतिर तीव्र गतिमा बढ्दैछ ।
यस वर्षको सुरुवातमा पहिलोपटक फेला परेको यस पिण्डलाई खगोलविद्हरूले थ्रीआई एटएलस नाम दिएका छन् । अमेरिकाको म्यानह्याट्टन सहर जतिको आकार भएको यो इन्टरस्टेलर पिण्ड हो । इन्टरस्टेलर पिण्ड भनेको ती वस्तुहरूलाई भनिन्छ जुन एक सोलार सिस्टमबाट अर्कोमा स्वतन्त्र रूपमा घुम्छन् । यसभन्दा अगि सन् २०१७ र २०१९ मा पनि यस्तै इन्टरस्टेलर पिण्ड देखिएका थिए ।
हबल अन्तरिक्ष दूरबीनले यस पिण्डको तस्बिर खिचेपछि खगोलविद्हरूको उत्साह बढेको छ । वैज्ञानिकहरूले यसको आकार र रासायनिक संरचनाको विश्लेषण गर्ने दुर्लभ अवसर पाएका छन् । सिड्नी विश्वविद्यालयकी रेडियो खगोलशास्त्री डा. लारा ड्रिसेन भन्छिन्, ‘हामीलाई सही रूपमा थाहा छैन यो कहाँबाट आएको हो, तर निश्चित रूपमा यो सौर्यमण्डल बाहिरबाट आएको हो ।’

यसको नाम आई इन्टरस्टेलरको पहिलो अक्षरबाट राखिएको हो । थ्री भनेको खोजिएको तेस्रो यस्ता वस्तु हो । एटलस ती दूरबीनहरूको नेटवर्कबाट लिइएको हो जसले यसको पहिचान गरेको थियो ।
२१ जुलाईमा हबल अन्तरिक्ष दूरबीनले यस पिण्डको तस्बिर खिच्दा यो सूर्यतिर चम्किरहेको देखियो । यो चमक फैलिएको नभई केन्द्रित थियो, जसले वैज्ञानिकहरूलाई अचम्ममा पार्यो, किनभने उनीहरूले यसलाई सामान्य धूमकेतु जस्तो हुने आशा गरेका थिए ।
यस चमकले विभिन्न आशंकाहरू जन्माएको छ । जस्तै, प्रकाशलाई कुन स्रोतबाट ऊर्जा प्राप्त भइरहेको छ । केहीले यसलाई एलियनसँग जोडिरहेका छन् । डेली मेलअनुसार लोएबले एक बयानमा भनेका छन् कि यो परमाणु ऊर्जाद्वारा सञ्चालित अन्तरिक्षयान हुन सक्छ । यसका अगाडिको सतहबाट निस्कने धूलो अन्तरतारकीय यात्रामा सतहमा जम्मा भएको धूलो हुन सक्छ ।
यद्यपि उनीहरू मान्छन् कि यी दुवै धारणाहरू असम्भव छन्, तर उनका अनुसार अझै यो धारणा खारेज गर्न सकिँदैन । अनुसन्धानकर्ताहरूले हबलको तस्बिर प्रयोग गरेर अनुमान गरेका छन् कि थ्रीआईरएटलसको व्यास ५।६ किमीभन्दा कम र सम्भवतस् ३२० मिटर जति सानो हुन सक्छ ।
स्विनबर्न स्पेस टेक्नोलोजी एण्ड इण्डस्ट्री इन्स्टिट्युटकी सह-निदेशक रेबेका एलेन भन्छिन् कि यो पिण्ड प्रति घण्टा २ लाख किमीभन्दा बढीको गतिमा यात्रा गर्दैछ । यो आन्तरिक सौर्यमण्डलमा मंगल र पृथ्वीको कक्षबीचबाट गुज्रनेछ र सूर्यको नजिक हुँदै जानेछ ।