पोखरामा १० वटा प्रोटोन इमास ७ एकैपटक हस्तान्तरण

पोखरा । नेपालमा प्रोटोन मोटर्सको एकमात्र आधिकारिक वितरक जगदम्बा मोटर्सले पोखरामा १० वटा प्रोटोन इमास ७ इलेक्ट्रिक एसयूभी ग्राहकलाई सामूहिक रूपमा हस्तान्तरण गर्दै नयाँ किर्तिमान बनाएको छ ।

विशेष समारोहमा प्रोटोन मलेसिया र जगदम्बा मोटर्सका वरिष्ठ प्रतिनिधिहरूको उपस्थिति रहेको थियो । कार्यक्रममा देखिएको सहभागिता र उत्साहले प्रोटोनको विद्युतीय सवारीसाधनप्रति ग्राहकको विश्वास र चासो झल्काएको कम्पनीले जनाएको छ ।

सो अवसरमा बोल्दै जगदम्बा मोटर्सका सिनियर भाइस प्रेसिडेन्ट राजु भेटवालले भने, 'आजको सामूहिक सवारी हस्तान्तरण केवल कारको हस्तान्तरण मात्र होइन, यो विश्वासको उत्सव हो । पोखरावासीहरूले स्वच्छ र स्मार्ट यातायातलाई अँगालेका छन् । हरित नेपालतर्फको यात्रामा प्रोटोन नेपाल सहभागी हुन पाएकोमा गर्व गर्छ ।'

प्रोटोन इमास ७ मा १६० किलोवाट क्षमताको मोटर, विशाल केबिन, उन्नत सुरक्षा प्रविधि र उद्योगमै सबैभन्दा बढी ८ वर्षको ब्याट्री वारेन्टीजस्ता प्रिमियम विशेषता समावेश छन् । यी कारणले गर्दा उक्त इलेक्ट्रिक एसयूभी देशभरका ग्राहकबीच लोकप्रिय बन्दै गएको कम्पनीको दाबी छ ।

यस सामूहिक हस्तान्तरणले प्रोटोनको ग्राहक–केन्द्रित पहललाई पनि प्रतिविम्बित गरेको कम्पनीले जनाएको छ । आकर्षक फाइनान्सिङ योजना, भरपर्दो ‘आफ्टर सेल्स’ सेवा र सहज स्वामित्व अनुभवमार्फत प्रोटोनले विद्युतीय सवारीलाई अझ सुलभ बनाउने लक्ष्य लिएको छ ।

प्रोटोन नेपालले देशभर आफ्नो शोरूम र सेवा सञ्जाल विस्तारलाई तीव्रता दिँदै आएको छ । कम्पनीको भनाइअनुसार, यस कदमले अझ धेरै नेपाली परिवार र व्यवसायलाई आत्मविश्वासका साथ विद्युतीय सवारीतर्फ आकर्षित गर्ने अपेक्षा गरिएको छ ।

Share News