लक्ष्मी ग्रुपले ‘ल्याक्पीरेन्स २०२५’ प्रदर्शनी गर्ने, बीएमडब्लुसहित बहुप्रतिष्ठित ब्रान्डको सहभागिता

काठमाडौं । लक्ष्मी ग्रुपले आगामी भदाै ७ र ८ गते काठमाडौंको गैह्रीधारास्थित सिल्भर ओकमा ब्रान्डहरूको  प्रदर्शनी ‘ल्याक्पीरेन्स २०२५’ आयोजना गर्ने भएको छ । प्रदर्शनी बिहान ११:०० बजेदेखि बेलुकी ६:०० बजेसम्म सञ्चालन हुने कम्पनीले जनाएको छ ।

यस प्रदर्शनीलाई हुन्डाइ, बीएमडब्लु, काइ र फोरथीङ जस्ता अन्तर्राष्ट्रिय ब्रान्डहरूले विशेष बनाउन छन् । नेपालकै अटो इभेन्टमा पहिलोपटक बीएमडब्लुको सहभागिता रहने भएकाले यो प्रदर्शनी कारप्रेमीहरूका लागि थप रोमाञ्चक हुने अपेक्षा गरिएको छ ।

कार्यक्रममा आगन्तुकहरूका लागि विशेष अफर र छुट, तत्काल कार मूल्याङ्कन, लोयाल्टी बोनसका साथै सुविधाजनक फाइनान्स र इन्स्योरेन्स सेवा उपलब्ध गराइनेछ । यसले नयाँ कार खरिद गर्न वा पुरानो साट्न इच्छुकका लागि उत्कृष्ट अवसर दिने आयोजकको दाबी छ ।

साथै, प्रदर्शनीमा नयाँ मोडल र प्रविधि अनुभव गर्ने, ब्रान्ड प्रतिनिधिसँग प्रत्यक्ष संवाद गर्ने तथा व्यक्तिगत डिल पाउने अवसर आगन्तुकहरूले पाउनेछन् । कारसँगै, नेल आर्ट, मेहेन्दी, निःशुल्क पौडी र सबै उमेर समूहलाई आकर्षित गर्ने मनोरञ्जनात्मक गतिविधिहरू पनि रहनेछन् ।

Share News