नाडा अटो शोमा सेरेसको विशेष अफर

काठमाडौं । काठमाडौंमा जारी नाडा अटो शोलाई अझ विशेष बनाउन सेरेसले प्रदर्शनी अवधिभर लागू हुनेगरी आफ्नो विशेष थ्रीएक्स अफर ल्याएको छ । 

अफरअन्तर्गत तीन वर्षको सम्पूर्ण बीमा कभरेज, तीन गुणासम्मको नगद छुट र बुकिङ रकमलाई तीन गुणा बराबरको फाइदा जसले खरिद प्रक्रियामा थप लाभ दिने कम्पनीले जनाएको छ ।

ग्राहकले यस अफरमार्फत अधिकतम ६ लाख रुपैयाँसम्मको लाभ लिन सक्नेछन् । यो अफर केवल नाडा अटो शोका लागि मात्र मान्य हुनेछ ।

सेरेसले कोरालापास हुँदै ४ हजार ६६० मिटर उँचाइमा अवस्थित लोमान्थाङ पुगेर पहिले नै इतिहास रचेको छ । यो कठिन यात्रालाई सफलतापूर्वक सम्पन्न गर्ने सेरेस नेपालको पहिलो ईभी हो । 

Share News