काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेड र काठमाडौंको मध्यबानेश्वरस्थित किड्स क्लिनिकबीच समझदारी भएको छ ।
सम्झौतापत्रमा सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेड, बालुवाटार शाखाका प्रबन्धक मनोहर मलहोत्रा र किड्स क्लिनिकका निर्देशक डा. पुष्पराज अवस्थीले हस्ताक्षर गरे।
सम्झौताअनुसार किड्स क्लिनिकका विशेषज्ञ डाक्टरहरूको बहिरङ्ग सेवा ९ओपीडी० र प्रयोगशाला ९ल्याब०को शुल्क तथा औषधीको मूल्यमा सांग्रिला डेभलपमेन्ट बैंकका शेयरधनी र कर्मचारीले १५ प्रतिशत तथा ग्राहक ९डेबिट कार्ड र मोबाइल बैंकिङ सेवा लिएका०ले १० प्रतिशत छुट पाउने छन् ।
सांग्रिला डेभलपमेन्ट बैंकले हाल मुलुकभर १०९ शाखा कार्यालय र ३० वटा एटीएममार्फत सेवा प्रवाह गर्दै आएको छ ।
किड्स क्लिनिक बाल स्वास्थ्यसम्बन्धि विधागत विशेषज्ञ डाक्टरहरूले सञ्चालन गरेको क्लिनिक हो ।