नेप्से ७६ अंकले बढ्दा १४१ कम्पनीका लगानीकर्ताले कमाए, ६ कम्पनीको सेयर मूल्य १० प्रतिशतले वृद्धि

<p>काठमाडौं । मंगलबारको सेयर बजार तीब्र गतिमा बढेको छ । तीब्र गतिमा बढेको सेयर बजारमा तीन पटक सम्म सर्किट ब्रेक लागेको छ । बजार ५ दशमलब ०१ प्रतिशतले बढेपछि मंगलबारको सेयर कारोबार भएको हो । कारोबार बन्द हुँदा नेप्से परिसूचक ७६ दशमलब ७९ अंकले बढेको थियो । बजार उच्च अंकले बढेको परिसूचक १६१० दशमलब ६२ अंकमा [&hellip;]</p>

काठमाडौं । मंगलबारको सेयर बजार तीब्र गतिमा बढेको छ । तीब्र गतिमा बढेको सेयर बजारमा तीन पटक सम्म सर्किट ब्रेक लागेको छ । बजार ५ दशमलब ०१ प्रतिशतले बढेपछि मंगलबारको सेयर कारोबार भएको हो । कारोबार बन्द हुँदा नेप्से परिसूचक ७६ दशमलब ७९ अंकले बढेको थियो । बजार उच्च अंकले बढेको परिसूचक १६१० दशमलब ६२ अंकमा अडिएको छ । बजारमा परिसूचक सँगै कारोबार रकममा पनि वृद्धि भएको छ । सो दिन १ अर्ब ३९ करोड रुपैयाँको सेयर कारोबार भएको छ ।

बजारमा जम्मा १४४ कम्पनीको सेयर कारोबार भएको छ । जसमध्ये १४१ कम्पनीको सेयर मूल्य वृद्धि भएको छ भने बाँकी ३ कम्पनीको सेयर मूल्यमा गिरावट आएको छ ।

सेयर मूल्य वृद्धि हुने १४१ कम्पनी मध्येमा पनि ६ वटा कम्पनीका लगानीकर्ताले १० प्रतिशत कमाएका छन् । बुटवल पावर कम्पनी, गुराँस लाइफ इन्स्योरेन्स कम्पनी, सगरमाथा इन्स्योरेन्स कम्पनी, माउन्ट मकालु डेभलपमेन्ट बैंक, कालिका माइक्रोक्रेडिट डेभलपमेन्ट बैंक र प्रुडेन्सियल इन्स्योरेन्स कम्पनीका लगानीकर्ताले १० प्रतिशत कमाएका छन् । त्यस्तै, २४ कम्पनीका लगानीकर्ताले १० प्रतिशत भन्दा कम र ९ प्रतिशत भन्दा बढी कमाएका छन् ।

उता एनएमबी माइक्रोफाइनान्स वित्तीय संस्था, जेबिल्स फाइनान्स र किसान माइक्रोफाइनान्स वित्ती संस्थाका लगानीकर्ताले क्रमशः १.९५, १.६ र ०.०५ प्रतिशत गुमाएका छन् ।

            १० प्रतिशत भन्दा कम र ९ प्रतिशत भन्दा बढी कमाउने

Share News