काठमाडौं । आईएमई लाइफ इन्स्योरेन्सले आठौँ वार्षिकोत्सवको अवसरमा देशव्यापी प्रभातफेरी कार्यक्रम सम्पन्न गरेको छ । 'स्वस्थ जीवनका लागि जीवन बीमा' भन्ने मूल सन्देशसहित काठमाडौंसहित सातै प्रदेशमा प्रभातफेरी आयोजना गरिएको हो ।
जीवन बीमा सम्बन्धी जनचेतना अभिवृद्धि गर्ने उद्देश्यले आयोजना गरिएको कार्यक्रममा विभिन्न उमेर समूहका ग्राहक, अभिकर्ता, सञ्चालक समिति, कर्मचारी तथा सर्वसाधारणको सहभागिता रहेको कम्पनीले जनाएको छ ।
कम्पनीले आफ्ना शाखा कार्यालय तथा स्थानीय साझेदार संस्थासँग सहकार्य गर्दै वार्षिकोत्सवलाई स्वास्थ्य सचेतना र बीमा अभिवृद्धिको महत्त्वपूर्ण अवसरका रूपमा लिएको छ ।
प्रमुख कार्यकारी अधिकृत पवनकुमार खड्काले स्वास्थ्य र सुरक्षा दुवै जीवनको आधार भएको उल्लेख गर्दै, प्रभातफेरीमार्फत नागरिकलाई सक्रिय जीवनशैलीतर्फ प्रेरित गर्ने र जीवन बीमाको आवश्यकता तथा फाइदाबारे बुझाउने उद्देश्य राखिएको बताए ।