पोखरामा बीवाईडीको नयाँ शोरुम

काठमाडौं । नेपालमा बीवाईडी अटो इन्डष्ट्रिज कम्पनी लिमिटेडको आधिकारिक विक्रेता साइमेक्स इंक प्रालिले पर्यटकीय नगरी पोखरामा नयाँ बीवाईडी शोरुम सञ्चालनमा ल्याएको छ । 

यसका साथै गण्डकी प्रदेशमा बीवाईडीको नवीनतम इलेक्ट्रिक सवारी साधन ‘बीवाईडी सिलायन ७’ लाई सार्वजनिक गरिएको छ ।

पोखरा महानगरपालिकाका मेयर  धनराज आचार्यले शोरुमको उद्घाटन गरे ।

बुद्धचोक, पोखरामा अवस्थित नयाँ शोरूमलाई बीवाईडीको नवीनतम कर्पोरेट आइडेन्टिटीरभिजुअल आइडेन्टिटी मापदण्डअनुसार पूर्ण रूपमा अपडेट गरिएको छ । 

शोरूमको ठीक पछाडि निर्माण भैरहेको अत्याधुनिक सर्भिस सेन्टरले बिक्री पछिको सेवा प्रणालीलाई थप प्रभावकारी बनाउने कम्पनीको विश्वास छ ।

पोखरामा रहेका सम्पूर्ण बीवाईडी सर्भिसमा संलग्न कर्मचारीहरुले बीवाईडी हेडक्वाटरका प्रतिनिधिहरूबाट तालिमप्राप्त गरी आधिकारिक प्रमाणपत्र हासिल गरिसकेका छन् ।

null

Share News