एथर रिज्टा जेड लाइभ गिभअवे विजेता शालिक

काठमाडौं । नेपालमा एथर एनर्जीको एक मात्र अधिकृत वितरक वैद्य इनर्जी प्रालिले बहुप्रतीक्षित एथर रिज्टा जेड लाइभ गिभअवेको विजेता घोषणा गरेको छ । यस गिभअवेको भाग्यशाली विजेता शालिक बनेका हुन् ।

यो अवसर उनले काठमाडौंको भृकुटीमण्डपमा सम्पन्न भएको नाइमा अटो मोबिलिटी एक्स्पोमा आयोजित ‘विन द रिज्टा’ अभियानमा विजेता बनेर पाएका हुन् ।

उनलाई यो इलेक्ट्रिक स्कूटर सोमबार आधिकारिक रूपमा हस्तान्तरण गरिने कम्पनीले जनाएको छ ।

सन् २०२४ मा भारतमा सार्वजनिक भएको एथर रिज्टा जेड एथर एनर्जीको परिवारकेन्द्रित श्रेणीको प्रमुख मोडेल हो । यसमा दुई ब्याट्री विकल्प उपलब्ध छन्—२.९ किलोवाट र ३.७ किलोवाट । यसले अधिकतम १६० किमिसम्मको रेन्ज दिने कम्पनीको दावी छ । सबै भेरियन्टको शीर्ष गति ८० किमि/घण्टा रहेको छ ।

यसमा ५६ लिटर स्टोरेज क्षमता रहेको छ जसअन्तर्गत सीटमुनि ३४ र अगाडि वैकल्पिक फ्रङ्कमा २२ लिटर छ ।

फराकिलो र लामो सीट, पिलियन ब्याकरेस्ट र ठूलो फ्लोरबोर्ड—विशेषगरी पारिवारिक यात्राका लागि अनुकूल रहेको छ ।

यसमा अटो होल्ड, रिभर्स मोड, स्किड कन्ट्रोल, इमर्जेन्सी स्टप सिग्नल, लाइभ(लोकेशन सेयरिङ, चोरीरटो अलर्ट र ‘पिङ माई स्कूटर’ सुविधा पनि रहेको छ ।

यसैगरी, ७ इन्चको टीएफटी डिस्प्ले, सहज नेभिगेशन र एथरस्ट्याक ६ मार्फत कनेक्टिभिटी रहेको छ ।

स्कूटर सात आकर्षक रंगमा उपलब्ध रहेको छ ।

भारतमा यसको उच्च लोकप्रियताको कारण रिज्टाले एथर एनर्जीको सबैभन्दा बढी बिक्री हुने मोडेल बनेको छ । सार्वजनिक भएको एक वर्षभित्रै १ लाखभन्दा बढी इकाइ बिक्री भएको कम्पनीले जनाएको छ ।

वैद्य इनर्जीले ब्रान्डको उपस्थितिलाई मजबुत बनाउन आवश्यक पूर्वाधार तयार गरिरहेको छ । यसका देशभर २३ प्लस एथर ग्रिड फास्ट–चार्जिङ स्टेशन रहेका छन् । यसैगरी ७ भन्दा बढी सर्भिस सेन्टर रहेका छन् । त्यसैगरी, ८ वटा एक्सपिरियन्स सेन्टर र १ विशेष टेस्ट राइड जोन रहेका छन् ।

Share News