लिवर्टी माइक्रोको खुद नाफा ५१.१८ प्रतिशतले वृद्धि

काठमाडौं । लिवर्टी माइक्रो लाइफ इन्स्योरेन्स कम्पनीले गत आर्थिक वर्ष २०८१/८२ मा १ करोड १४ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। अघिल्लो आवमा कम्पनीले ७६ लाख रुपैयाँ नाफा आर्जन गरेको थियो ।

कम्पनीले अघिल्लो आवको तुलनामा गत आवमा ५१.१८ प्रतिशत बढी खुद नाफा आर्जन गरेको छ । कम्पनीले सार्वजनिक गरेको वित्तीय विवरणअनुसार गत आर्थिक वर्षमा कम्पनीले २७ करोड १४ लाख रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको छ । जुन अघिल्लो आवको तुलनामा ८५३ प्रतिशतले बढी हो । अघिल्लो आवमा कम्पनीले २ करोड ८४ लाख रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको थियो ।

समिक्षा वर्षमा कम्पनीको जीवन बीमाकोषको आकार ११०२.६७ प्रतिशतले बढेर १९ करोड २६ लाख रुपैयाँ पुगेको छ । अघिल्लो आवमा कम्पनीको जीवन बीमा कोषको आकार ८० लाख रुपैयाँ थियो ।

गत वर्षमा कम्पनीको चुक्ता पुँजी ५२ करोड ५० लाख रुपैयाँ रहेको छ । त्यस्तै कम्पनीको महाविपत्ति कोषमा १९ लाख रुपैयाँ रहेको छ । अघिल्लो आवमा कम्पनीको महाविपत्ति कोषमा ८ लाख २० हजार रुपैयाँ थियो ।
कम्पनीको प्रतिशेयर आम्दानी २.१९ रुपैयाँ छ । 

Share News