नेपाली बजारमा जीएमडब्लुको शक्तिशाली ट्यांक सिरिजको धमाकेदार इन्ट्री

काठमाडौं । चिनियाँ अटोमोबाइल ग्रेट वाल मोटर्सले आफ्नो विश्वप्रसिद्ध र शक्तिशाली हाइब्रिड एसयूभी ब्रान्ड ट्यांकलाई नेपाली बजारमा आधिकारिक रूपमा बिक्री सुरु गरेको छ । 

जीएमडब्लुको नेपालका लागि आधिकारिक बिक्रेता भीजी इम्पेक्सले हालै सम्पन्न नाइमा नेपाल मोबिलिटी एक्स्पोमा सार्वजनिक गरिएका दुई बहुप्रतिक्षित मोडलहरू ट्यांक ३०० र ट्यांक ५०० को बिक्री  सुरुवात गरेको हो । यो लन्चसँगै नेपालको प्रिमियम एसयूभी सेगमेन्टमा नयाँ र आक्रामक खेलाडीको प्रवेश भएको छ । जसले पावर, पर्फर्मेन्स र प्रविधिको बेजोड संयोजन प्रस्तुत गरेको छ ।

दमदार पावर र अतुलनीय पर्फर्मेन्स

ट्यांक ३०० हाइब्रिड एसयूभी हो भने ट्यांक ५०० प्लगइन हाइब्रिड हो । २.० लिटर टर्बो पेट्रोल इन्जिन रहेको यी दुवै कारमा ९ स्पीड अटोमेटिक ट्रान्सिमिसन (एचआइ ४ टी) छ ।

ट्यांक ३०० हाइब्रिडले ३५१ पीएस पावर तथा ६४८ एनएम टर्क दिन्छ । त्यस्तै, प्लगइन हाइब्रिड ट्यांक ५०० ले ४०८ पीएस पिक पावर तथा ७५० एनएम टर्क दिन्छ ।

मूल्य र मोडलहरू

कम्पनीले प्रतिस्पर्धी बजारलाई चुनौती दिँदै आकर्षक मूल्य निर्धारण गरेको छ । जसमा ट्यांक ३०० (५-सिटर एचइभी) को मूल्य १ करोड ५९ लाख ९९ हजार रुपैयाँ तोकिएको छ । यस्तै ट्यांक ५०० (७-सिटर लक्जरी पीएचइभी) को मूल्य २ करोड १५ लाख ९९ हजार रुपैयाँ तोकिएको कम्पनीले जनाएको छ । 

ट्यांक ३०० एक दमदार ५-सिटर अफ-रोड एसयूभी हो भने ट्यांक ५०० ले ७-सिटको फराकिलो स्पेससहित लक्जरी र पारिवारिक अनुभव प्रदान गर्दछ ।

कम्पनीका अनुसार सन् २०२१ मा अन्तर्राष्ट्रिय बजारमा डेब्यु गरेको त्ब्ल्प् ब्रान्डले छोटो समयमै विश्वभर ४ लाखभन्दा बढी युनिट बिक्री भई आफ्नो गुणस्तर र विश्वसनीयता प्रमाणित गरिसकेको छ । यसको शक्तिशाली हाइब्रिड प्रविधि, बलियो निर्माण र प्रिमियम विशेषताहरूले यसलाई विश्वव्यापी रूपमा लोकप्रिय बनाएको हो । 

नेपालको सन्दर्भमा यी एसयूभीहरू शहरको ट्राफिकदेखि लिएर पहाडका कठिन र कच्ची बाटोसम्म, सबै प्रकारका भू–भागका लागि उपयुक्त छन् । ७५० एनएमसम्मको टर्कले उकालो र अफ–रोडमा अतुलनीय शक्ति प्रदान गर्दा हाइब्रिड प्रविधिले शहरी ड्राइभमा इन्धन दक्षता बढाउँछ ।

Share News