काठमाडौं । गार्डियन माइक्रो लाइफ इन्स्योरेन्सले गत आर्थिक वर्ष २०८१ /८२ मा ४५ करोड ८१ लाख रुपैयाँ कुल बीमाशुल्क संकलन गरेको छ । कम्पनीले संकलन गरेको कुल बीमा शुल्क अघिल्लो आवको तुलनामा ९८५ प्रतिशतले बढी हो ।
अघिल्लो आवमा कम्पनीले ४ करोड २२ लाख रुपैयाँ कुल बीमाशुल्क संकलन गरेको थियो । कम्पनीले सार्वजनिक गरेको चौंथो त्रैमासको वित्तीय विवरणअनुसार कम्पनीको खुद बीमा शुल्क पनि बढेको छ । कम्पनीले समिक्षा वर्षमा ३९ करोड ९५ लाख रुपैयाँ खुद बीमाशुल्क संकलन गरेको छ । जुन अघिल्लो आवको तुलनामा ९८२ प्रतिशतले बढी हो । अघिल्लो आवमा कम्पनीले ३ करोड ६९ लाख रुपैयाँ खुद बीमाशुल्क संकलन गरेको थियो ।
गत आवमा कम्पनीको खुद नाफा पनि बढेको छ । कम्पनीले समिक्षा वर्षमा ६ करोड १ लाख रुपैयाँ खुद नाफा गरेको छ । अघिल्लो आवमा कम्पनीले २२ लाख २९ हजार रुपैयाँ नाफा गरेको थियो ।
समिक्षा वर्षम कम्पनीको रिडेन्ड अर्निङमा ४ करोड ८१ लख ५७ हजार रुपैयाँ रहेको छ । त्यस्तै कम्पनीको महाविपत्ती कोषमा ६२ लाख ११ हजार रुपैयाँ रहेको छ ।